होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णालीमा कोरोनाका सक्रिय संक्रमित ४०० भन्दा कम
समाचार

कर्णालीमा कोरोनाका सक्रिय संक्रमित ४०० भन्दा कम

  • नागरिक रैबार
कर्णालीमा कोरोनाका सक्रिय संक्रमित ४०० भन्दा कम

२१ मंसिर, सर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ४०० भन्दा कम रहेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार आइतबारसम्म प्रदेशमा ३९६ कोरोनाका ‘एक्टिभ केस’ छन् । हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार नौ सय ८३ पुगेको छ । त्यसमध्ये ६ हजार ४५१ जना संक्रमणमुक्त भइसकेका छन् ।

 

विज्ञापन

पछिल्लो २४ घण्टामा कणर्ालीमा १२ जना नयाँ संक्रमित थपिएका छन् । १३१ जनामा कोरोना परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले सुर्खेतका २१, दैलेखका दुई र जुम्ला तथा रुकुम-पश्चिमका एक/एक जना संक्रमणमुक्त भएको बताए ।

संक्रमितमध्ये सबैभन्दा धेरै सुर्खेतमा ३ हजार ११ जना संक्रमित भएका छन् । सबैभन्दा कम डोल्पामा १५ जनामात्रै संक्रमितको संख्या रहेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै हालसम्मा दैलेखमा एक हजार ६१३, सल्यानमा ६२५, जुम्लामा ३८८, कालीकोटमा ३१५, रुकुम पश्चिम्मा २३०, जाजरकोटमा १३९, हुम्लामा ५६, मुगुमा ३७, अन्य प्रदेशका ५३१ र भारतका ५ जनामा संक्रमत भएको महाशाखाले जनाएको छ ।

प्रदेशमा हालसम्म ९३ हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो समय परीक्षण सुस्त भए पनि जोखिम भने बढ्दो छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार