होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मेसिन लगाउँदै धान काट्दै
समाचार

मेसिन लगाउँदै धान काट्दै

  • नागरिक रैबार
मेसिन लगाउँदै धान काट्दै

टीकापुर : टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याईन्। विगतका वर्षमा उनले मजदुर खोजेर  धान काट्न लगाउथिन्। उनलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन। जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन्।

पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र सजिलो भएको छ। ‘‘सबै किसानलाई अहिले धान काट्ने चटारो छ। धान पाकेर सुन जस्तै पहँेलिएको खेतलाई किसानले विभिन्न मेसिनको सहयोगमा काट्न थालेका छन्’’, उनले भनिन्, ‘‘विगतका वर्षमा हप्ता दिनसम्म हातले थोरैथोरै धान काट्ने गरेका किसान अहिले एकै दिनमा मेसिनको प्रयोगले धेरै धान काट्न थालेँ।

आजभोलि धान काट्ने मेसिन रिपरको सहायताले धान काटिरहेका छन्।’’ धान खेती गर्ने किसानलाई मेशिन भित्रिएपछि सजिलो भएको छ। विगतमा परिवारको सङ्ख्या बढी  हुनेले  धेरै काम गर्न सकिन्छ भन्ने थियो। हुन पनि परिवारमा धेरै सङ्ख्या भएकाले खेतीपाती बढी गर्थे।  अहिले जमाना फेरिएको छ।

विज्ञापन

एक सातामा सम्पन्न गरिने काम आजभोलि एक दिनमै सकिन थालेको छ। रिपरको सहायतामा धान काट्दा एक घण्टामा एक बिघा धान काट्न सकिन्छ। धेरै खेतीपाती गरेका किसानलाई धान काट्नका लागि धेरै जनशक्ति चाहिने गरेको अवस्थामा रिपरले अहिले धेरै सहज बनाएको जोशीपुरका रमेश सार्कीले सुनाए।

‘‘रिपरको सहयोगमा धान काट्दा श्रमशक्ति खोज्ने झन्झट कम हुन्छ। धान काट्न लागत समेत कम लाग्ने भएकाले धान कटाइमा रिपरको सहायताले धेरै सहज भएको छ’’, उहाँले भन्नुभयो, ‘‘अब खेती गर्न चाहनेलाई सजिलो भएको छ। खेत जोत्न, काट्न सबै काम गर्न मेसिनको सहयोगले सकिन्छ।’’

जानकी गाउँपालिकाका धर्मेन्द्र न्यौपानेले रिपरको सहयोगमा एकै दिनमा ६ बिघामा रहेको धान काटे। उनले ७ घण्टामा ६ बिघा धान  काटेर भ्याएको बताए। ‘‘मौसम हेरेर धान काटियो, अब एकै दिन मजदुर लगाएर धान उठाएर खेतमै दाउने योजना छ’’, उनले भने, ‘‘मौसम यस्तो छ।

छिटो काम सके ढुक्क हुन्छ भनेर मेसिन ल्याएर धान काटेका हुँ।’’ रिपरले एक घण्टामा एक विघा क्षेत्रफलको धान काट्न सक्छ। यसका लागि थोरै जनशक्ति खेतमा परिचालन भए पुग्छ। रिपरको सहायताले धान काट्दा काम छिटो र समयमा सम्पन्न हुनेभएकोले मौसमबाट हुने जोखिम समेत कम हुने किसानको भनाइ छ।

किसान शर्मिला चौधरीले एकै दिन काटेमा धान मज्जाले सुक्ने र खेतबाट समयमा किसानले धान उठाउन पाउँदा समयमा तरकारीबाली लगाउन पाउने, हिउँदे बाली लगाउन पाउने बताईन्। ‘‘लागत कम र सहज भएकाले हामीले मेशिनकै सहयोग लिन थालेका छौँ, ”’ उनले भनिन्, ‘‘धान काट्न रिपर र  कम्बाइन हार्भेस्टर लगायतका साधनको प्रयोग गर्न थालेको छ।’’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार