होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एकैदिन १९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो
देश/प्रदेश

एकैदिन १९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

  • नागरिक रैबार
एकैदिन १९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो
साँकेतिक तस्वीर

नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको छ।

सुनसरीमा ५५ वर्षीय पुरुष, पर्सामा ६५ वर्षीया महिला, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, ललितपुरमा ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ।

विज्ञापन

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार