होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
समाचार

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

  • नागरिक रैबार
हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

नवलपुर, १९ असोज । हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो । रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा आज लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाइते भएका उनको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए । रासस

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार