होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराबाट डिएसपी भट्टराईको विदाई
समाचार

बाजुराबाट डिएसपी भट्टराईको विदाई

  • नागरिक रैबार
बाजुराबाट डिएसपी भट्टराईको विदाई

नागरिक रैबार/बाजुरा २० भदौ। बाजुराबाट सरुवा भएका प्रहरी नायव उपरिक्षक (डिएसपी) टंकप्रसाद भट्टराईलाई सामुदायिक सेवा केन्द्रले विदाई गरेको छ ।

शनिबार सामुदायिक सेवा केन्द्रले एक औपचारिक कार्यक्रम गरि डिएसपी भट्टराईको विदाई गरेको हो ।विदाई कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष काल्चे दमाई र प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बाजुरा जिल्लामा डिएसपी भट्टराईले शान्ति सुरक्षामा खलेको भुमिका प्रति प्रशंसा गरेका थिए ।

विज्ञापन

डिएसपी भट्टराईको आगामी कार्यकालको शुभकामना सहित सामुदायिक सेवा केन्द्रले मायाको चिनो र खादा माला सहित विदाई गरेका छन् ।
डिएसपी भट्टराई २०७६ पुस २३ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा हाँजिर भएका थिए । बाजुरामा करिव ८ महिनाको बसाईमा डिएसपी भट्टराईले जिल्ला भरिका ९ वटै स्थानीय तहका गाउँगाउँ देखि वडावडासम्म पुगेर जनतालाई शान्ति सुरक्षाको अनुभुति दिलाएका थिए ।

Image may contain: 6 people, people standing, mountain and outdoor

डिएसपी भट्टराईले बाजुरा जिल्लामा कार्यरत रहँदाको समयमा जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्ने कार्यमा साहसिक र कर्तव्य निष्ट भएर प्रहरी प्रमुखको जिम्मेवारी पुरा गरेको भन्दै यस अघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले उनलाई प्रदेश भरिकै उत्कृष्ट प्रहरी प्रमुखमा घोषित गर्दै पुरस्कृत समेत गरेको थियो ।

डिएसपी भट्टराई बाजुराबाट सरुवा भएर राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबार, काठमाडौंमा जाने भएका छन् । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालबाट डिएसपी मदनजित महरा बाजुरा आउने भएका छन् ।

Image may contain: one or more people, car and outdoor

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार