होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा ज्वरो आएका, पखाला लागेका र ६० वर्षभन्दा माथिका दिर्घरोगीको कोरोना परीक्षण हुने
समाचार

सुदूरपश्चिममा ज्वरो आएका, पखाला लागेका र ६० वर्षभन्दा माथिका दिर्घरोगीको कोरोना परीक्षण हुने

  • नागरिक रैबार
सुदूरपश्चिममा ज्वरो आएका, पखाला लागेका र ६० वर्षभन्दा माथिका दिर्घरोगीको कोरोना परीक्षण हुने

धनगढी: स्वास्थ्य निर्देशनालय राजपुर डोटीले ज्वरो आएका वा खोकी लागेका तथा श्वास फेर्न कठिनाई भएकाहरुको कोरोना परीक्षण गर्न निर्देशन दिएको छ।

निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै कोभिड –१९ को नयाँ मापदण्ड तय भएका कारण जिव्रोले स्वाद अथवा गन्ध नपाउने तथा पखाला लागेको व्यक्तिहरुको स्थानीय तहमार्फत कोरोना परीक्षण गर्न निर्देशन दिएको हो।

प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट ती विरामीहरुको नमूना संकलन गरी धनगढी अथवा डडेल्धुरा प्रयोगशालामा पठाउन स्वास्थ्य कार्यालयहरुलाई निर्देशनालयले अनुरोध गरेको छ।

विज्ञापन

त्यस्तै प्रदेशभरका सम्पूर्ण ६० वर्ष उमेर माथिका दिर्घरोगी, कोभिड–१९ फैलिएको स्थानबाट आएका व्यक्ति, विदेशबाट आएका सबै व्यक्ति, संक्रमितको परिवारका कम्तिमा दुईजना र संक्रमितको सम्पर्कका आएका सबै व्यक्तिको समेत कोरोना परीक्षण गर्न भनीएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार