होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालका कुन प्रदेशमा कति संक्रमित ? ४ जिल्ला ‘ग्रीन जोन’मा
समाचार

नेपालका कुन प्रदेशमा कति संक्रमित ? ४ जिल्ला ‘ग्रीन जोन’मा

  • नागरिक रैबार
नेपालका कुन प्रदेशमा कति संक्रमित ? ४ जिल्ला ‘ग्रीन जोन’मा

काठमाडौं– सोमबार नेपालमा ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएका ७ हजार ६३७ पीसीआर परीक्षणमा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

विज्ञापन

सोमबार ३५८ जना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म १४ हजार ९६१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रदेश नम्बर १ मा ८७५, प्रदेश नम्बर २ मा ३ हजार १७६, बागमती प्रदेशमा ५४३ र गण्डकी प्रदेशमा १ हजार ३३० जना डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७२३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २४८ जना डिस्चार्ज भएका छन् ।

कुन प्रदेशमा कति संक्रमित

सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् ।

जसमा प्रदेश नम्बर १ मा २९०, प्रदेश नम्बर २ मा २ हजार ३५७, बागमती प्रदेशमा ६५१ र गण्डकी प्रदेशमा २७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३१५, कर्णाली प्रदेशमा २९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५४९ जना रहेका छन् ।

प्रदेश नम्बर १ मा १ हजार २९६, प्रदेश नम्बर २ मा १ हजार १४४, बागमती प्रदेशमा ८२६ र गण्डकी प्रदेशमा २ हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३४०, कर्णाली प्रदेशमा ५१४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५३७ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।

हाल कोरोना संक्रमित नभएका ४ जिल्ला

नेपालका ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमित छैनन् ।

४ जिल्ला कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिए । भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङ गरी चार जिल्लामा एकजना पनि कोरोना संक्रमित रहेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार