होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आफ्नो स्वार्थका लागि ओली–प्रचण्डलाई लडाउने काम नगरौँ : कर्ण थापा
समाचार

आफ्नो स्वार्थका लागि ओली–प्रचण्डलाई लडाउने काम नगरौँ : कर्ण थापा

  • नागरिक रैबार
आफ्नो स्वार्थका लागि ओली–प्रचण्डलाई लडाउने काम नगरौँ : कर्ण थापा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आपसमा लडाउने काम नगर्न अनुरोध गरेका छन् ।

केन्द्रीय सदस्य थापाले अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति जुटाउने पहल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

‘नेकपाका मूल नेता केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) लाई एकतावद्ध बनाउन सबैको पहल आवश्यक छ,’ थापाले भनेका छन, ‘कम्तीमा पनि उहाँहरूलाई लडाएर आफ्नो स्वार्थसिद्ध गर्ने काम मात्रै नगर्ने हो भने पार्टी एकतावद्ध भएर राष्ट्र निर्माणको अभियानको नेतृत्व गर्न सक्षम हुनेछ ।’

विज्ञापन

विगतमा पनि नेताहरू बीचमा प्रतिष्ठाको विषय बन्न जाँदा पार्टी विभाजन भएको उल्लेख गर्दै थापाले सो आग्रह गरेका हुन् ।

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासलाई नियाल्ने हो भने प्रतिष्ठामा आधारित गुट र गुटहरूको समीकरणले पार्टीभित्र अनावश्यक किचलो, फुट र विभाजन भएर कम्युनिस्ट आन्दोलन कमजोर भएको विगतसमेत स्मरण गराएका छन् ।

‘तत्कालीन माओवादी केन्द्रमा प्रचण्डविरुद्धमा मोहन वैद्य, बाबुराम, नारायणकाजी र रामबहादुर थापालगायतका नेताको समीकरण भएपछि पार्टी विभाजन भएको थियो,’ उनले विगत सम्झाउँदै भनेका छन, ‘त्यसैगरी तत्कालीन नेकपा एमालेमा वामदेव, सीपी र झलनाथलगायतका नेताहरूले माधव नेपालविरुद्धको समीकरण भएपछि विभाजन भएको थियो ।’

पूर्वमन्त्रीसमेत रहेका थापाले दुवै घटनाबाट पाठ सिक्दै ओली–प्रचण्डलाई मिलाउने पहलकदमी गर्न आग्रह गरेका हुन् ।

कम्युनिस्ट आन्दोलनभित्रका सबै किचलो, टुटफुट र विभाजनका नकारात्मक शृंखलाको अन्त्य गर्दै राष्ट्र निर्माणको महान\ अभियानको अगुवाइ गर्ने उद्देश्यले नेकपाको निर्माण भएको समेत स्मरण गराएका छन् ।

उनले भनेका छन्, ‘फेरि पनि प्रतिष्ठामा आधारित गुट र गुटहरूको समीकरण नै अहिलेको नेकपाको मूल समस्या बनेको छ । नेकपाका मूल नेता केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकतावद्ध बनाउन सबैको पहल आवश्यक छ । कम्तीमा पनि उहाँहरूलाई लडाएर आफ्नो स्वार्थसिद्ध गर्ने काम मात्रै नगर्ने हो भने पार्टी एकतावद्ध भएर राष्ट्र निर्माणको अभियानको नेतृत्व गर्न सक्षम हुनेछ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार