होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • विव्यस अध्यक्षमा दलित महिला आएपछि स्कुलमा ताला
समाज

विव्यस अध्यक्षमा दलित महिला आएपछि स्कुलमा ताला

  • नागरिक रैबार
विव्यस अध्यक्षमा दलित महिला आएपछि स्कुलमा ताला

सिरहा– विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलित महिला चुनिएपछि गैरदलितहरुले अध्यक्ष दलित महिलालाई स्वीकार गर्न नसकिने भन्दै स्कूलमा ताला लगाएका छन् ।

सिरहा मिर्चौया नगरपालिका वडा ४ कुथनमा रहेको श्री आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा दलित महिला निर्वाचित भएपछि स्कूलमा ताला लगाएका हुन् ।

दलित महिलालाई स्कुल व्यवस्थापन समितिको अध्यक्षमा सर्वसहमतिले चन्दा भवानी महरालाई चुनेपछि स्थानीय गैर दलितहरु विरोधमा उत्रिएका थिए । उनीहरुले अध्यक्ष दलित समुदायको भएको भन्दै आफुहरुलाई मान्य नहुने दावी गर्दै स्कुलमा ताला लगाएको स्थानीय दलित अधिकारकर्मी रामचन्द्र महराले बताए ।

विज्ञापन

यस अघि स्कुल व्यवस्थापन समितिका अध्यक्ष विजय यादव रहँदा स्कुलमा कुनै विवाद नभएको, अहिले व्यवस्थापनको अध्यक्षमा दलित समुदायको प्रतिनिधित्व गदै चन्द्राभवानी महरा सर्वसहमतिबाट निर्वाचितु हँुदा दलित महिलालाई स्वीकार गर्न नसकिने भन्दै गैर दलितहरुले विरोध जनाएका छन् ।

आफु स्कूल व्यवस्थापनको समितिमा सर्वसहमतिबाट चुनिए पनि जातीय आधारमै स्वीकार गर्न गैरदलित तयार नभएकोले स्कूलकमै ताला लगाएको स्कूल व्यवस्थापन समितिकी अध्यक्ष चन्दाभवानी महराले दलित अनलाईन डटकमलाई बताइन् । ‘यो सिधा विभेद हो, दलित समुदायको अस्तित्वलाई स्वीकार गर्न गैर दलितहरु अझै तयार छैनन् ।’

स्कुलको व्यवस्थापन समितिको अध्यक्ष चन्दा भवानी महरा बन्दा उच्च जातिका मानिसले कुनै पनि हालतमा दलितलाई स्विकादैनौ भन्दै स्कुलमा तालाबन्दी गरेको दलित जागरण केन्द्र नेपाल, गोलबजार सिरहाका सचिव संजय महराले जानकारी दिए । श्री आधारभूत स्कुलमा अधिकासं दलित समुदायको बालबच्चाहरू पढने गरेको छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार