बलिउड सुपरस्टार सलमान खान फिल्मको बारेमा त सबैलाई चासो हुन्छ नै । उनको व्यक्तिगत जीवनको बारेमा पनि धेरैले चासो देखाइरहेका हुन्छन् ।
उनको विवाहको सन्दर्भमा थुप्रैपटक विभिन्न कार्यक्रमहरुमा सवाल उठ्ने गर्छन् तर सलमान विवाहको विषयमा आलटाल गरे उम्किन्छन् ।
उनले विवाहप्रति विश्वास नभएको बताउँदै भने, ‘मलाई अब विवाहप्रति विश्वास लाग्दैन । मलाई विवाह एउटा संस्था जस्तै भइसकेको छ । अब यो विस्तारै विस्तारै गायब हुनसक्छ । तर, आज पनि साथीभाई, आफन्त र दाजुभाइ नै हाम्रो दुखसुखमा साथ दिन्छन् ।’
उनले छोराछोरीको विषयमा कुरा गर्दै भने, ‘जब हुने हो हुन्छ ।’ राताेपाटीबाट
फेसबुक प्रतिक्रियाहरु