(१) आफुले सधैभरि दुःख गरि पढाउनु भो बाबा ।
दुईचार खुड्किला भएपनि माथि चढाउनु भो बाबा ।।
(२) विर्सन सक्दिन अझैं सम्म हिजो जस्तै लाग्छ सबै ।
एमान लाग्ने दुःखका सायौं पहाड लडाउनु भो बाबा ।।
(३) नपोखेर कसैसँग आफ्ना मनका पिर व्यथाहरु पनि ।
त्यै मन भित्र गाठो पारि गढाउनु भो बाबा ।।
(५) आज सम्म उस्तै छन् ती दुखका बोझ कहिल्यै घटेनन् ।
शान्त मन समुन्द्र जस्तो न कहिले हडबडाउनु भो बाबा ।।
(६) डग्माउलिन धर्ती बरु आधि हुरी तुफान आउँदा ।
सँयौं जँघार तर्नु भो न कहिले डगमगाउनु भो बाबा ।।
डग्माउलिन धर्ती बरु आधि हुरी तुफान आउँदा ।
सँयौ जँघार तर्नु भो न कहिले डगमगाउनु भो बाबा ।।
नाम – आशा कुमारी थापा
ठेगाना– बुढीगंगा नगरपालिका २ बाजुरा
फेसबुक प्रतिक्रियाहरु