होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रोल्पामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु
समाचार

रोल्पामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

  • नागरिक रैबार
रोल्पामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

रोल्पा, १३ असोज ।  रोल्पामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–३ रुइनिबाङमा सोमबार भएको बस दुर्घटनामा परि दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा परि लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै मृत्यु भएको सुनिल स्मृति गाउँपालिका–३ का वडा सदस्य सुरेन्द्र थापाले जानकारी दिए ।

रुइनिबाङ बजारको जीपपार्कमा फर्काउने क्रममा आशीर्वाद यातायात प्रालिको ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो । रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ । बसमा अन्य यात्रु नभएको प्रहरीले जनाएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि