होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव हुने
मनोरञ्जन

मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव हुने

  • नागरिक रैबार
मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव हुने

धनगढी, १० मंसिर । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव हुने भएको छ । यो प्रदेशको व्यापार, पर्यटन, औद्योगिक सम्भावनाको प्रबद्र्धन गर्ने र संस्कृति संरक्षण गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो । संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सञ्चालन हुने महोत्सवमा व्यापारिक, कृषि, रेस्टुरेन्ट लगायतका गरेर ३०० स्टल रहने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    यो वर्षको महोत्सव करिब तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । महोत्सव अवधिभरि करिब एक करोड दुई लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक काराबार हुने संघले जनाएको छ । यसैगरी, महोत्सव आयोजनाका लागि ६३ लाख ९० हजार रुपैयाँ खर्च हुने जनाइएको छ । महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढाइएको संघका वरिष्ठ उपाध्यक्ष पुस्करराज ओझाले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार