होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • १ लाख ३७ हजार नगदसहित २ जुवाडे पक्राउ
अपराध

१ लाख ३७ हजार नगदसहित २ जुवाडे पक्राउ

  • नागरिक रैबार
१ लाख ३७ हजार नगदसहित २ जुवाडे पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले १ लाख ३७ हजार रुपैयाँसहित २ जना जुवाडेलाई पक्राउ गरेको छ । पर्साको बहादुरमाई नगरपालिका–४ स्थित पोखरीको डिलमा केही व्यक्ति जुवा खेल्मा संलग्न रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले २ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट बरामद भएको नगद र तास

पक्राउ पर्नेमा पर्साको बहादुरमाई–९ का ५० वर्षीय बेराहिम मियाँ र वीरगन्ज महानगरपालिका–२६ का ३६ वर्षीय लालबाबु पटेल छन् ।

प्रहरीले उनीहरुको साथबाट ९१ हजार ८ सय ९० नेपाली रुपैयाँ र २८ हजार २ सय भारतीय रुपैयाँ गरी १ लाख ३७ हजार १० रुपैयाँ बरामद गरेको छ ।

विज्ञापन

प्रहरीले उनीहरुको साथबाट ३ सेट तास र १६ थान कौडा समेत बरामद गरिएको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार