नागरिक रैबार/बाजुरा ८भदौ। बाजुरा जिल्ला अस्पतालमा शनिबार विहान सुत्केरी महिलाको ज्यान गएको छ । तीन दिन अघि प्रसुती गराउन जिल्ला अस्पतालमा आएकी बडीमालिका नगरपालिका वडा नं. ७ कि २१ बर्र्षीया बसन्ती नेपालीको शनिबार विहान अस्पतालको शैयामा मृत्यु भएको थियो ।
आईतबार प्रमुख जिल्ला अधिकारी सहित अन्य सरोकारवाला निकाय र मृतकका आफन्तहरुको छलफलका क्रममा स्वास्थ्यकर्मीहरुले विरामीको सम्वेदनशिलतामा ध्यान नदिएकै कारण महिलाको मृत्यु भएको दावी गरे ।
मृतककी दिदी अनिशा बाजुरालीले अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाहिले नै विहिनीको मृत्यु भएको बताईन । उनले भनिन “मेरो बहिनीको मृत्यु बरु संयोग मात्र होला त्यो मान्न सक्छौँ तर स्वास्थ्यकर्मीको लापरवाहीका कारण धेरै दिदी बहिनीहरुको ज्यान गएको छ यसमा जिल्ला अस्पतालले सम्वेदनशिल हुनुपर्छ”
प्रसुति गर्ने क्रममा डाक्टरहरुको चरम लापरवाहीकै कारण सुत्केरीको मृत्यु भएको आफन्तहरुले आरोप लगाउँदै आएका छन् ।
यता उपचारमा सलग्न डाक्टर दुर्गाराज महर्जनले सुत्केरीको बच्चा खेल्ने भागको पानी फोक्सोमा पुगेको र रगतसँगै पानी पनि नशामा मिसिएकोले एकाएक उनको ज्यान गएको स्वीकार गरेका छन् ।
उनलाई सुत्केरी गराउनका लागि डाक्टर दुर्गाराज महर्जन, डाक्टर टिका राई सहीतका स्वास्थ्यकर्मीहरु खटिएका थिए ।
जिल्ला अस्पतालमा अप्रेशन गराएर सुत्केरी गराउने सुविधा भएर पनि अन्तिम अवस्थामा गर्न नसकिएको अस्पताल श्रोतले बताउँदै आएको छ ।
तर आफन्तहरुले दुई दिन सम्म शव नबुझेपछि आइतवार प्रमुख जिल्ला अधिकारी गंगा प्रशाद न्यौपाने लगायत सम्बन्धीत सरोकारवाला र मृतकका आफन्तहरु बीच आगामी दिनमा अस्पतालले यस्ता कमी कमजोरी नदोह¥याउने अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर रोहित गरिले प्रतिबद्धता जनाएका छन ।
आईतबारको छलफलपछि मृतका आफन्तहरुले शव बुझ्ने र परमपरा अनुसार सतगत गर्ने भनिएपनि सोमबारमात्र दाहसंस्कार गरिने मृतकका दाजु खडक बाजुरालीले बताए ।
फेसबुक प्रतिक्रियाहरु