होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बडीमालिका नगरपालिकाका वडा अध्यक्षले दिए राजीनामा
राजनीति

बडीमालिका नगरपालिकाका वडा अध्यक्षले दिए राजीनामा

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाका वडा अध्यक्षले दिए राजीनामा

रमित विक/बाजुरा ५ भदाै। बडीमालिका नगरपालिकाका ५ जना वडा अध्यक्षले सामुहीक राजीनामा पेश गरेका छन् । बहुमतको दम्भ देखाएर विधि विपरित एकलौटी निर्णय निर्णय र समितिका सदस्यलाई समेत जानकारी नदिई मानेमानी गर्ने क्रम नरोकिएकोले पाँच जनाले सामुहीक रुपमा राजीनामा दिएका हुन् ।
नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरि नेकपाबाट जितेका पाँच जना वडा अध्यक्षले राजीनामा पेश गरेको ७ नम्बर वडाका अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन् । स्थानीय तहको विधी विपरित नगर प्रमुख उपप्रमुख सहीतले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकोले राजीनामा दिएको ९ का वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।

समिति गठन देखि अरु निर्णय एकलौटी रुपमा गर्ने गरि फरक संगठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै श्रोत अनुमान तथा सिमा निर्धारण समिति सदस्य–धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मर बहादुर महत, रोजगार निर्देशक समिति सदस्य विरबहादुर रावल, राजस्व परामर्श समिति सदस्य विनोद कुमार वि।क र नगर स्तरीय उर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामुहीक राजीनामा पेश गरेका हुन् ।

विज्ञापन

नगरप्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचन पछि देखि नै साथमा लिन खोज्ने र निर्णय एकलौटी गर्ने शैली नसच्चीएकोले एकल रुपमा नगरपालिका सञ्चालन गरेर देखाउन चुनौति सहीत राजीनामा पेश गरेको २ नम्बर वडाका अध्यक्ष डम्मर महतले बताएका छन् । बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतको विषयलाई लिएर बेला बेला विवाद हुने गरेको छ । स्थानीय सञ्चालन निर्देशीकामा भने सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नै गरेको छैन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार