होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट तीन जना पक्राउ
अपराध

नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट तीन जना पक्राउ

  • नागरिक रैबार
नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट तीन जना पक्राउ

काठमाडौं– प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंको बौद्धस्थित नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनाको साथबाट ५० हजार रुपैयाँ बराबरका नोट बरामद भएको थियो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, नक्कली नोट सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको नाम र विवरण भने सार्वजनिक गरिएको छैन । दशैंका समयमा उनीहरुले नक्कली नोटलाई बजारमा पुर्‍याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार