होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • सरकारी कार्यालय नै बजारको ढल बग्ने नाला
बाजुरा बिशेष

सरकारी कार्यालय नै बजारको ढल बग्ने नाला

  • नागरिक रैबार
सरकारी कार्यालय नै बजारको ढल बग्ने नाला

कृष्ण ओली/बाजुरा ४ भदौ । कार्यालय परिसरबाटै बजारबाट आउने ढलको पानी बग्ने गर्छ । बर्षादको पानीसहीत होटल पसलबाट फालिएका फोहर समेत ढलमै मिसिएर बग्ने गर्छ । जसका कारण कार्यालय परिसर नै दुर्गन्धीत मात्र छैन्, कार्यालय अगाडिको पर्खाल समेत भत्किने अवस्थामा पुगेको छ ।
तर पनि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा चुपचाप सहन बाध्य छ । फोहरकै कारण कार्यालय परिसर दुर्गन्धीत छ । कार्यालय अगाडिको आँगनमा पनि फोहर थुप्रिएको छ । ढलको पानीसँगै बगेर आउने फोहर पनि अस्तव्यस्त अवस्थामा कार्यालय परिसरमा देखिन्छ ।
अवस्था जस्तो भएपनि कार्यालयका कर्मचारीले सहेरै बस्नु पर्ने बाध्यता छ । नगरपालिकालाई धेरै पटक नाला व्यवस्थावन गर्न भन्दापनि बेवास्ता गरेको र पुरानो नाला भएको स्थानमा सडक निर्माण सुरु गरेपनि ढmल जति कार्यालयबाट बग्न थालेको वरिष्ठ पशु चिकित्स तथा कार्यालय प्रमुख डाक्टर शंकर पाण्डेको गुनासो छ ।
ढलको पानी बगाउने नाला व्यवस्थापन गरौं भनेर नगरपालिकालाई भन्दा उल्टै रिसाउने गरेको र आफ्नो जिम्मेवारी नभएको बताउने गरेको विज्ञ केन्द्रका एक जना कर्मचारीले बताएका छन् । दैनिक जसो फोहर टिपेर फाल्नु पर्ने र दुर्गन्ध सहेरै कामकाज गर्नु पर्ने बाध्यता भएपनि नगरपालिकाले नसुनेको कार्यालयको दुखेसो छ ।
ढलको पानी कार्यालयको मुल ढोकाबाटै भित्र परिसर भएर बग्ने गरेको छ । कार्यालय अगाडि फिँजीएर बग्दा फोहर मात्र नभई अगाडिको पर्खाल समेत भत्किने अवस्थामा आएको र १ स्थानमा जमिन नै बसीसकेको कार्यालय प्रमुख डाक्टर शंकर पाण्डेले बताए ।
ढलको पानी कार्यालयको अगाडि बग्ने गरेको थियो । खेलकुद विकास समिति र तत्कालिन पशु सेवा कार्यालयको बीच भाग भएर नाला समेत निर्माण गरिएको थियो । सरकारी वकिल कार्यालय र कवर्डहल निर्माणका लागि त्यही भागलाई सडक बनाएपछि ढल कार्यालय परिसर भित्र बग्न थालेको हो ।
भेटेरीनरी अस्तपताल तथा पशु सेवा विज्ञ केन्द्र अछाम र बाजुरा दुई जिल्लालाई हेर्ने गरि स्थापना भएको हो । उपचार सेवाका लागि आउने पशु चौपायालाई समेत उपचार गराउने स्थान कार्यालयसँगै छैन् । निर्माण अवधीका लागि मात्र निर्माण गर्ने भनिएपनि हालसम्म निर्माण कार्य सकिएको छैन् ।
सरकारी वकिल कार्यालयको भवन निर्माण गर्न ठेकेदारले बाटो निर्माण गरेकोले उसैले ढलको व्यवस्थापन गर्नु पर्ने नगरपालिकाको दाबी छ । खेलकुद र वकिल कार्यालय निर्माणका लागि नाला भत्काएर सडक बनाएकोले उनीहरुले नै निर्माण गर्नुपर्ने नगर प्रमुख पदम बडुवालको भनाई छ ।
कार्यालयले भने विकासका नाममा आफ्नो कार्यालय माथि अन्याय गरेको बताएको छ । बर्षादमा त नगरपालिकाले विकल्प खोज्नु पर्ने हो, कार्यालय मात्र फोहर भएको छैन्, कर्मचारीलाई काम गर्ने अवस्था छैन्, सरकारी संरचना बिग्रीने अवस्था छ, उपचार सेवा लिन आउनेहरु हैरान भएर फर्किन्छन्, कार्यालय प्रमुख पाण्डेले बताए ।
कार्यालयले जति कराएपनि नगरपालिकाले नसुनेको कर्मचारीहरुको छ । तर नगरपालिका आफू नै बनाउने पक्षमा देखिदैन् । ठेकेदारले आफ्नो सहजताका लागि गरेकोले उसैले बनाउनु पर्ने अडान नगर प्रमुखको छ । ठेकेदारलाई कस्ले भन्नेमा पनि एक मत छैन् । नगरपालिका क्षेत्र भित्रको सबै जिम्मेवारी नगरपालिकाले लिनु पर्ने हुन्छ ।
नगर क्षेत्रमा बसेको सरकारी संरचनाको सुरक्षा, संरक्षण र रेखदेख नगरपालिकाले नै गर्नु पर्ने प्रावधान छ । ढल नगरपालिकाले नै बनाई दिनु पर्ने सरकारी वकील कार्यालयका अधिवक्ता धर्मराज जोशीको भनाई छ । उसोत बडिमालिका नगरपालिकाले त्यसो अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लाग्ने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि