होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पश्चिमी वायुको प्रभाव : तीन दिन वर्षाको सम्भावना
देश/प्रदेश

पश्चिमी वायुको प्रभाव : तीन दिन वर्षाको सम्भावना

  • नागरिक रैबार
पश्चिमी वायुको प्रभाव : तीन दिन वर्षाको सम्भावना

काठमाडौं : पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आइतबार बिहान ६ बजे निकालेको बुलेटिनमा देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ। देशका धेरैजसो स्थानमा बिहानैदेखि बादल लागेर आकास धुम्मिरहेको छ।

विभागका अनुसार आइतबार देशभर सामान्य बदलि रहि मध्य र पुर्व र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार देशको मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२  स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराई भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२  स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ।

विज्ञापन

 पूर्वी नेपालमा जून २० मा आगमन भएको मनसुन १२ अक्टुबरमा बाहिरिएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा १० दिन ढिलो सुरु भएको मनसुन औसतभन्दा १९ दिन ढिलो बाहिरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि