होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, कार्तिक १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, ९ जना बिरामी
समाचार

बैतडीमा मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, ९ जना बिरामी

  • नागरिक रैबार
बैतडीमा मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, ९ जना बिरामी

३ मंसिर, बैतडी । बैतडीमा मरेको कुखुराको मासु खाँदा आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका २ जरसौंका १५ बर्षीया पुष्पा पार्की रहेकी छिन् । मरेको मासु खाँदा एकैपरिवारका अन्य नौ जना बिरामी भएका छन् । शनिबार बेलुकी मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले जानकारी दिएका छन् । मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको छ । शनिबार राती देखि नै बिरामी पुष्पाको मंगलवार घरमै मृत्यु भएको हो ।

मासु खाएपछी ७० बर्षीय पार्वती पार्की, ३३ बर्षीया गंगा पार्की, ८ बर्षीय राकेश पार्की,३५ बर्षीय जानकी पार्की, १२ बर्षीय मनोज पार्की, १० बर्षीय रमेश पार्की, ६ बर्षीय भुवन पार्की, ६ बर्षीय रुपेश पार्की र ४ बर्षीय सपना पार्की बिरामी भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै