होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौंबाट नेपालगञ्जका लागि उडेको विमान धनगढीमा अवतरण
समाचार

काठमाडौंबाट नेपालगञ्जका लागि उडेको विमान धनगढीमा अवतरण

  • नागरिक रैबार
काठमाडौंबाट नेपालगञ्जका लागि उडेको विमान धनगढीमा अवतरण
फाइल फाेटो

काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान मौसममा आएको खराबीका कारण धनगढी विमानस्थलमा अवतरण गरिएको छ। काठमाडौंबाट ६४ जना यात्रु सहित बुधबार साँझ ६ बजेर १५ मिनेटमा काठमाडौँबाट उडेको विमानतीव्र गतीमा चलेको हावा र वर्षाका कारण नेपालगञ्जमा अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गरिएको  बुद्ध एयर नेपालगञ्जका प्रमुख विनित शाहले बताए।

उनले केहीबेर आकाशमै फन्को लगाएर अवतरण गर्ने प्रयास विफल भएपछि धनगढीमा अवतरण गरिएको हो। उक्त विमान बिहीबार बिहान ७ बजे धनगढीबाट यात्रु लिएर नेपालगञ्जका लागि उडेको बताईएको छ। नेपालगञ्जमा बुधबार बिहानैदेखि अविरल वर्षा भए पनि नेपालगञ्ज विमानस्थलबाट हुने अन्य नियमित उडान भने नरोकिएको नेपालगञ्ज नागरिक उड्डयन कार्यालयले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै