होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुर्मुराए काकाकुल बडीमालिका नगरका जनता, मेयर सहितलाई थुनेर कार्यलयमा ताला बन्दी
समाचार

जुर्मुराए काकाकुल बडीमालिका नगरका जनता, मेयर सहितलाई थुनेर कार्यलयमा ताला बन्दी

त्रिकोणात्मक सेटिङमा, छोरा बिगार्ने बुवा बनाउने

  • नागरिक रैबार
जुर्मुराए काकाकुल बडीमालिका नगरका जनता, मेयर सहितलाई थुनेर कार्यलयमा ताला बन्दी

नागरिक रैबार/ बाजुरा ४ असार। बाजुराको सदरमुकाम मार्तडीमा विगत दुई महिनादेखि खानेपानीको अभाव भएपछि बडीमालिकाका नगरबासीहरुले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
जिल्लाको सदरमुकाम जस्तो ठाउँमा २ महिना देखि खानेपानी अभाव हु्ँदा समेत नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै नगरबासीहरुले नगरपालिकामा तालबन्दी गरेका हुन् ।
बुधबार नगरबासीहरुद्धारा खानेपानीका, भाडा, वर्तन, पाईपलाईन सहित बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
खडेरीले एकातिर खानेपानीको मुहान सुक्दै गएको छ । आफुहरुले खानेपानीको प्रबन्ध मिलाउन पटक–पटक नगरपालिका र बृहत मर्तडी खानेपानी उपभोक्त समितिलाई आग्रह गरेका भएपनि छिट्टै समस्या समाधान गछौँ भनेर टार्ने गरेकोले आफुहरुले नगरपालिकामा तालाबन्दी गर्न बाध्य भएको स्थानीय मिना विकले बताईन् ।
त्रिकोणात्मक सेटिङमा, छोरा बिगार्ने बुवा बनाउने
बाहिरी रुपमा सदरमुकाम मार्तडीमा खानेपानीको अभाव मात्र देखिएपनि भित्रि रुपमा धेरै सेटिङहरु रहेका छन् । तिन ओटा अध्यक्ष पदधारीका स्वार्थहरु प्रत्यक्ष रुपमा र अरु पात्रका आन्तरिक स्वार्थहरु हुन सक्ने अनुमान सर्वसाधारणको छ । नगरपालिकाको वडा नं ८ स्थित बडीमालिका मन्दिर देखि डँुग्री र झाल्ले हुदै नगरपालिकाको चक्रपथ निर्माणको खाकामा केहि रकम विनियोजन भयो । डुँग्री सम्म सहज रुपमा डोजर प्रयोग गरेर बाटो पनि खनियो । त्यस भन्दा उता झाल्ले खोला सम्म जग्गा पर्ने जग्गा धनीहरुको विवादमा केहि दिन काम रोकियो ।
उक्त क्षेत्रमा खास गरि बृहत मार्तडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष खडक रावल लगायतका केहीको जग्गा पर्दछ । विवाद आएपछि वडा अध्यक्ष प्रकाश रावलको डोजर रोकियो, त्यसपछि अध्यक्ष रावलको अगुवाइमा सहमतिको अर्को उपाय आयो खानेपानीका अध्यक्ष खडक रावलका छोरा बल रावललाई सडक निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाएर वडा अध्यक्षको डोजर प्रयोग गरेर बाटो बनाउने र खानेपानी बिगार्ने कार्य निरन्तर चलिरहेको छ । बुवाको अगुवाईमा खानेपानी मर्मत, छोराको अगुवाईमा सडक निर्माण र प्राविधिक सहयोग वडा अध्यक्षको रहेको छ ।
आ व ० ७४ ÷७५ मा एक करोड लगानि, ९४ हजार आठ सय १६ वेरुजो
हुनत सदरमुकाम मार्तडीको जमिनमुनी माटो भन्दा धेरै पाइपलाईन गाडिएका छन । करिव २५ बर्ष अगाडी देखि खानेपानीमा लगानि हुँैदै आएको छ । हाल सम्म अरवौँ रुपैया खर्च भएको छ । तर बृहत मार्तडी खानेपानी केहिका लागि दुहुनु गाई र जनतालाई सास्ती भएको छ ।
गत आर्थिक बर्षमा बडिमालिका नगरपालिकाले खानेपानी व्यवस्थपान गर्नका लागि १ करोड रकम खर्च गरेर ४ वटा खानेपानीका ट्याङकी निर्माण गरेको छ तर चार वटै ट्याङकीमा खानेपानी भने छैन् । पहिलो चरणमा केहि पाइपलाइन दवाउने काम भयो र त्यसको केहिमहिना नबित्दै नगरपालिका आफैले बजारमा सडक विस्तार गरेर खानेपानी तहस नहस बनायो ।
एक करोड लागानी गरेको नगरपालिकाको बजेटमा ९४ हजार आठ सय १६ रुपैयाँ समितिको नाममा हाल सम्म वेरुजो रहेको छ । निरन्तर रुपमा पानी अभाव भएपछि मार्तडी बजारका अगुवा नागरिक समाजका केहि व्यक्तिहरु र प्रहरीको टोलीले खानेपानी मर्मत गरेको थियो । मर्मत गरेको पछिल्लो दिनमै फेरी डोजरले जस्ताको त्यसैतै बनाइ दियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार