होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नगरबासीद्धारा बडीमालिका नगरपालिकामा तालाबन्दी
Breaking News

नगरबासीद्धारा बडीमालिका नगरपालिकामा तालाबन्दी

  • नागरिक रैबार
नगरबासीद्धारा बडीमालिका नगरपालिकामा तालाबन्दी
बडीमालिका नगरपालिकाकाे कार्यालयमा बुधबार तालाबन्दी गर्दै स्थानीयहरु। तस्विर मदन विक

रामबहादुर विक/बाजुरा ४ असार । बाजुराको सदरमुकाम मार्तडीमा विगत दुई महिनादेखि खानेपानीको अभाव भएपछि बडीमालिकाका नगरबासीहरुले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको सदरमुकाम जस्तो ठाउँमा २ महिना देखि खानेपानी अभाव हु्ँदा समेत नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै नगरबासीहरुले नगरपालिकामा तालबन्दी गरेका हुन् ।
बुधबार नगरबासीहरुद्धारा खानेपानीका, भाडा, वर्तन, पाईपलाईन सहित बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
सदरमुकाम मार्तडीका धारामा पानी आउन छाडेको महिनौ वित्यो नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थपान गर्नका लागि १ करोड रकम खर्च गरेर ४ वटा खानेपानीका ट्याङकी निर्माण गरेको छ तर चार वटै ट्याङकीमा खानेपानी छैन् ।
खडेरीले एकातिर खानेपानीको मुहान सुक्दै गएको छ । आफुहरुले खानेपानीको प्रबन्ध मिलाउन पटक–पटक नगरपालिकालाई आग्रह गरेका भएपनि छिट्टै समस्या समाधान गछौँ भनेर टार्ने गरेकोले आफुहरुले नगरपालिकामा तालाबन्दी गर्न बाध्य भएको स्थानीय मिना विकले बताईन् ।


सदरमुकाममा पानीकै जोहो गर्न दैनिक लाईन बस्नुपर्ने बाध्यता रहेको स्थानीय महिला सुनिता रोकायाको भनाईछ ।
खानेपानीको लागि सदरमुकाम मार्तडीबासी घण्टौँ सम्म हिँडेर भम्क, पातल, थापाबाडा लगायतका ठाउँबाट खानेपानी बोकेर पिउनु पर्ने बाध्यता रहेको छ ।
बडीमालिका नगरपालिकाले खानेपानीलाई व्यवस्थित गर्ने बृहत योजना बनाएको भएपनि समयमै व्यवस्थापन हुन नसकेपछि सदरमुकाम मार्तडीबासी खानेपानी पिउनबाट वन्चित बन्दै गएका छन् । सदरमुकाम मार्तडीमा झण्डै १७ हजार बढी जनसंख्या बसोबास गर्छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Breaking News
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि