होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शालिग्राम पुडासैनीकी श्रीमतीले दिइन् किटानी जाहेरी
समाचार

शालिग्राम पुडासैनीकी श्रीमतीले दिइन् किटानी जाहेरी

  • नागरिक रैबार
शालिग्राम पुडासैनीकी श्रीमतीले दिइन् किटानी जाहेरी

१ भदौ, काठमाडौं । चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीको परिवारले आइतबार किटानी जाहेरी दिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हुन् ।

प्रहरी अधिकृतका अनुसार, २२ साउनमा मृत भेटिएपछि बरामद भएको भिडियोमा नाम उल्लेख भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी परेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘परिवारको जाहेरी प्राप्त भएको छ । हामीले शिलबन्दी गरेर चितवन पठाउने तयारी गरिरहेका छौं ।’

गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । तर, अनुसन्धान र कारबाही चाहिँ घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ ।

विज्ञापन

प्रहरीले जाहेरीविनै ३० साउनमा लामिछाने र कँडेललाई पानिपोखरीस्थित टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो भने कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो । अनुसन्धानलाई प्रभावित पार्न सक्ने देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी दाबी छ ।अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार