धनगढी, भाद्र-१ ।
महत्वपूर्ण ८ वटा कानून निर्माण गर्र्दै सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन आइतबार सकिएको छ । आजको प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले बर्खे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन । उनले प्रदेश सभामा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र वाचन गरेका थिए ।
आइतबारको प्रदेशसभा बैठकले सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरिएको छ । बर्खे अधिवेशनभर बसेका ३६ बैठक बाट ८ वटा कानून निर्माण भएको सभामुख थापाले जानकारी दिए । सुदूरपश्चिम प्रदेशसभामा जेठ १ गतेबाट बर्खे अधिवेशन सुरु भएको थियो । सुदूरखबरबाट
फेसबुक प्रतिक्रियाहरु