होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टेलिभिजनमा प्रहरीको प्रवेश निन्दनीय : महासंघ
समाचार

टेलिभिजनमा प्रहरीको प्रवेश निन्दनीय : महासंघ

  • नागरिक रैबार
टेलिभिजनमा प्रहरीको प्रवेश निन्दनीय : महासंघ

काठमाडौँ — नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमको संवेदनशीलता ख्याल नगरी प्रहरीले जबर्जस्ती रूपमा न्युज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकारलाई पक्राउ र दुर्व्यवहार गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । प्रहरीले बिहीबार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई पक्रिएको थियो ।

प्रहरीले आफ्नो सीमा, मर्यादा र अन्तर्राष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनमा बलजफ्ती प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेको महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिनाजानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुर्व्यवहार आफैंमा दुःखद एवं निन्दनीय भएको महासंघको टिप्पणी छ । ‘प्रहरीको यो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपका साथै संविधानविपरीत भएको महासंघ ठान्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
महासंघले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकार तथा सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरेको छ । पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा कानुनी रूपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिन गर्नुपर्ने आफ्नो धारणा सार्वजनिक गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन

थपलिया रिहाइको माग
महासंघले पत्रकार खेम थपलियाको रिहाइ माग गरेको छ । महासंघका सदस्य, लेखक तथा साहित्यकार थपलिया साउन २५ मा राजधानीको बागबजारस्थित जलजला मासिकको कार्यालयबाट समातिएका थिए । महासंघका महासचिव रमेश बिष्टले शुक्रबार विज्ञप्ति जारी गरी थपलियालाई हालसम्म रिहा नगरिएकामा आपत्ति जनाएका छन् ।
आफ्नो आस्था र विचार प्रकट गरेकै आधारमा थपलियालाई पक्राउ गरी झूटा मुद्दा लगाउन खोज्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघन हुन पुगेको महासंघको प्रतिक्रिया छ । थपलियालाई तत्काल रिहा गरी उनको कार्यालयबाट लगिएका कम्प्युटर, पुस्तकलगायत सामग्रीसमेत फिर्ता गर्न महासंघको माग छ । कान्तिपूर दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार