होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं: प्रहरी प्रधान कार्यालयले ७९ नायब उपरिक्षक(डीएसपी)को सरुवा गरेको छ। बिहीबार साँझ सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो।
को कहाँ पुगे, हेर्नुस् सूची
सरकारले प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकाको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी दिए । यसअघिका सरकारको प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिइ आगामी निर्वाचनमा भाग लिने जानकारी गराएसँगै सरकारको […]
बाजुरा जिल्लामा आगामी निर्वाचनका लागि मतदाता र मतदान संरचना सम्बन्धी विवरण सार्वजनिक गरिएको छ। प्राप्त तथ्यांकअनुसार जिल्लामा कुल ८७ हजार ८६१ जना मतदाता रहेका छन्। कुल मतदातामध्ये ४५ हजार ४२८ जना पुरुष र ४२ हजार ४३१ जना महिला रहेका छन् भने २ जना अन्य समूहका मतदाता रहेका छन्। निर्वाचनलाई व्यवस्थित र सहज बनाउन जिल्लाभरि ११८ […]
बाजुराकाे कोल्टी क्षेत्रका नागरिकहरूले लामो समयदेखि भोग्दै आएको सास्तीको अन्त्य भएको छ। यसअघि राष्ट्रिय परिचयपत्र बनाउनका लागि मार्तडी जानुपर्ने बाध्यता रहेकामा अब उक्त सेवा काेल्टीबाटै हुने भएकाे हाे। अबदेखि अनलाइन प्रणालीमार्फत कोल्टीमै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था सुरु हुने भएकाे बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बाेहराले जानकारी दिए । यससँगै अफलाइन प्रक्रियाबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने बाध्यता […]
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा रहने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी निर्वाचन नलड्ने घोषणा सुनाउँदै शर्माले यस्तो बताएका हुन् । उनले बाँचुन्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री बन्नुपर्ने राजनीतिको यस्तो प्रवृत्ति भत्काउन जरुरी रहेको बताए । ‘आफ्नो पावरझ ले भ्याएसम्म […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अहिलेसम्म निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीसहित राजनीतिक दलहरूबीच छलफल भए पनि त्यसको ठोस प्रभाव नदेखिएको बताएका छन् । छलफलपछिसमेत समग्र राजनीतिक परिस्थिति यथावत् रहेको उनको भनाइ थियो […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिनपछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ । प्रवक्ता झाका अनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका […]
फेसबुक प्रतिक्रियाहरु