होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • पहिरोले घर पुरिएर एकै परिवारका तीनको मृत्यु
Breaking News

पहिरोले घर पुरिएर एकै परिवारका तीनको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पहिरोले घर पुरिएर एकै परिवारका तीनको मृत्यु

भोजपुर :अविरल वर्षातसँगै खसेको पहिरोले घर पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको चोन्ताङस्थित स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको घटनास्थलमै मृत्यु भएको हो।

घरमा बसिरहेका आमा, छोरालाई शनिबार बिहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए। घरायसी कामले श्रीमान गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीको भनाई छ।

स्थानीय गाउँबासीले मृतक शव निकाल्न नसकेपछि जेसिबी बोलाइएको प्रहरीले जनाएको छ। राईको घर भिरालो जमिनमा थियो। साभार अन्नपूर्ण पाेष्ट 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै