होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२९ जेठ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले नक्कली भूकम्पपीडितमा जनप्रतिनिधिका नातागोता र राजनीतिक पार्टीका कार्यर्कताहरु रहेको गुनासो आएको बताएका छन् । बुधबाट दिगो विकास तथा सुशासन समितिमा ज्ञवालीले भने, ‘स्थानीय तहबाट आइसकेपछि विश्वास नगर्ने भन्ने रहेन । तर, उहाँहरुले भाइभतिजा, पार्टीका कार्यकर्ता हो भनेर सिफारिस गरिदिँदा समस्या भएको भन्ने […]
२९ जेठ, पोखरा। पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका […]
काठमाडौं– विज्ञहरुले स्थानीय तहमा स्रोत साधनको विनियोजन, वितरण र परिचालनमा आउने चुनौतीका विषयमा सरकार चनाखो हुनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु भइसकेको बेला ‘इन्स्टिच्युट फर स्ट्रयाटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च’ (आईसएसआर) पेभिलियन ग्रुपले संयुक्त रुपमा काठमाडौँको दरमार्गमास्थित पेभेलियन हलमा गरेको कार्यक्रमका सहभागीहरुले संघीय संरचनाअनुसार स्थानीय तह गठन भइसकेका तर स्रोतको […]
चरीकोट – राष्ट्रिय पुनःनिर्माण प्राधिकारण दोलखाअन्तर्गत जिल्लामा रहेका प्राविधिकले चारबुँदे माग राख्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ चरिकोटमा तालाबन्दी गरेका छन् । पुनःनिर्माण प्राविधिक हकहित जिल्लास्तरीय सङ्घर्ष समिति दोलखाले पुनःनिर्माणसम्बन्धी माग राख्दै कार्यालयमा आज तालाबन्दी गरेको समितिका संयोजक पुण्यप्रसाद रिमालले जानकारी दिए । समितिले कार्यालयसँग आवास पुनःनिर्माण लाभग्राहीको किस्ता समयमै उपलब्ध गराउनुपर्ने, विगतका वर्षमा खाईपाई आएकोे […]
जनकपुर– प्रदेश २ को वार्षिक लेखा परीक्षण प्रतिवेदनमा प्रदेश मातहतका १० निकायको ६९ करोड ४३ लाख ९५ हजारको गरिएको लेखा परिक्षणबाट कूल १६ करोड ४६ लाख ९ हजार रकम बेरुजु देखिएको छ । यो रकम प्रतिशतका आधारमा २३ दशमलव ७१ प्रतिशत हो । कूल बेरुजुमध्ये असुल गर्नुपर्ने बेरुजु २ करोड ५ लाख ७९ हजार छ […]
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही चैत १९ गते राति युनाइटेड अरब इमिरेट्सको दुबई उड्न लागेको नेपाल वायु सेवा निगमको जहाज विमानस्थलमा रोकिएको घटनामा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) र निगम दुवैको गल्ती भएको पाइएको छ । उक्त घटनाका सन्दर्भमा छानबिन गर्न गठित समितिले शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको प्रतिवेदनअनुसार एटिसीको […]
भक्तपुर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आवश्यक कानून र संरचना तयार हुन नसक्दा तीन तहका सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिया उनले प्रदेश सरकार गठन भएको एक वर्षसम्मको अवधि अनुभवको वर्ष भएको बताए । ‘अबको वर्ष संघीयताको जग निमार्णको वर्ष हो’, उनले भने । मुख्यमन्त्री […]
काठमाडौं– गत बर्ष भन्दा यस बर्ष सरकारको बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं बार्षिक प्रतिवेदनले बेरुजु बढेको देखाएको हो । प्रतिवेदनमा बेरुजुको सम्बधमा अद्यावधी गरी टुंगो लगाउनुपर्ने रकम गत बर्ष ५ अर्ब ८ करोड रहेकोमा यस बर्ष ६ अर्ब ८३ अर्ब ६६ करोड पुगेको उल्लेख छ । तर लेखापरीक्षण […]
काठमाडौं– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा बनाउने योजना अघि सारेको छ । २०७६ साल बैशाख १ गते नयाँ वर्षको अवसर पारेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’ बनाइने घोषणासहित औपचारिक कार्यक्रम राखिएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । त्यसका लागि आवश्यक तयारी पूरा भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए […]
काठमाडौं– वित्तीय संकट व्यहोरिरहेको भारतीय विमान कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ । जेट एयरवेजसँग अहिले करिब १ सयको हाराहारीमा विमान रहेको जनाइन्छ । जसले ६ सय आन्तरिक र ३ सय ८० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको थियो । आर्थिक संकटका कारण मार्च महिनादेखि जेट एयरवेजका उडानहरु प्रभावित हुँदै आएका थिए […]
काठमाडौं– अरनिको राजमार्गअन्तर्गत बनेपाको भैसीपाटी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ना३ख ६७८३ नम्बरको मालवाहक ट्रकले काठमाडौंबाट बनेपातर्फ आइरहेको बा७९प ९३८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धुलिखेल ९ पात्लेखेतका २८ वर्षिय गणेश लामाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि बस्ने यशोदा हमाल गम्भीर घाइते भएकी छन् । घाइते हमालको […]
काठमाडौं– २०७५ सालमा संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर साढे ४ लाख युवा कामको खोजीमा विभिन्न देश पुगेका छन् । यो वर्ष संस्थागत श्रम स्वीकृति लिएर २ लाख २८ हजार २ सय र व्यक्तिगत २ लाख २२ हजार ३ सय गरी ४ लाख ५० हजार युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा […]
घोराही– दाङको घोराहीमा जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगितामा शुक्रबार सम्पन्न पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण पदक जितेको छ । प्रहरीले एउटा रजत पदकसमेत जितेको छ । यस्तै शसस्त्र प्रहरीको एपीएफ क्लबले एउटा स्वर्ण, दुई रजत तथा दुई कास्य जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दुई रजत तथा दुई कास्य […]
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । महासचिव बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे । ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले रेशम चौधरीलाई जन्मकैदको सजाय दिने काम गरेको भन्दै सरकारको चर्को […]
काठकाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा २ अर्बभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा २ अर्व ६८ करोड ७७ लाख ५८ हजार रकम बेरुजु रहेको देखाएको हो । प्रतिवेदनका अनुसार स्वास्थ्य मन्त्रालय मातहतका सरकारी कार्यालयतर्फ ९९ निकायमा १ अर्ब ४९ करोड ४४ […]
काठमाडौं– नेपाली सेनाले विभिन्न प्रयोजनका लागि आफ्ना विमान भाडामा उपलब्ध गराए वापत ४ करोड ३४ लाख बढी उठाउन बाँकी रहेको छ । नेपाली सेनाले आर्थिक वर्ष २०३४/०३५ देखि नै बाँकी रहेको वक्यौता उठाउन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा सेनाले आफ्ना जहाज तथा हेलिकप्टरहरु भाडामा लगाएर बापत ४ करोड […]
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन उत्रिन युवा/विद्यार्थीहरुलाई आह्वान गरेका छन् । केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको आरोप लगाउँदै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारेका हुन् । शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संवैधानिक परिषदको बैठक बोलाएर […]
काठमाडौं– नेपाल सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–तराईं/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)मा हालसम्म १२ अर्ब ६४ करोड खर्च भएको छ । महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदनमा फास्ट ट्र्याक निर्माणका लागि हालसम्म १२ अर्ब ६४ करोड ६२ लाख खर्च भएको उल्लेख छ । सेनाले निर्माण जिम्मा पाएको फास्ट ट्रयाकमा अहिलेसम्म रुख कटान, माटो काट्ने तथा […]
काठमाडौं– सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाललाई डिजिटलरुपमा आर्थिक क्रान्तिसँगै समृद्धितर्फ डोर्याउनुपर्ने बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनमा धेरै कम्पनीहरु सञ्चार क्षेत्रमा काम गर्न चाहेकाले पलपलमा चुनौती रहेकोतर्फ टेलिकमका कर्मचारीहरुलाई सचेत गराए । उनले ४२ सय कर्मचारी भएर पनि नेपाल सरकारको स्वामित्वमा […]
काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको दावी गरेका छन् । नेता महतोले सरकारले दुई तिहाई जनमतको दुरुपयोग गरेकाले पनि सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय लिनु परेको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै उनले सरकारविरुद्धको आन्दोलनमा होमिन सबै विद्यार्थी संगठनहरुलाई पनि आह्वान गरे […]