होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रचलन
  • ४१ वर्षदेखि उठेन सैनिक हेलिकप्टरको भाडा
प्रचलन

४१ वर्षदेखि उठेन सैनिक हेलिकप्टरको भाडा

  • नागरिक रैबार
४१ वर्षदेखि उठेन सैनिक हेलिकप्टरको भाडा
तस्वीर– एभिएसन नेपाल

काठमाडौं– नेपाली सेनाले विभिन्न प्रयोजनका लागि आफ्ना विमान भाडामा उपलब्ध गराए वापत ४ करोड ३४ लाख बढी उठाउन बाँकी रहेको छ ।

नेपाली सेनाले आर्थिक वर्ष २०३४/०३५ देखि नै बाँकी रहेको वक्यौता उठाउन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा सेनाले आफ्ना जहाज तथा हेलिकप्टरहरु भाडामा लगाएर बापत ४ करोड ३४ लाख ६० हजार रुपैयाँ असुल गर्न बाँकी रहेको उल्लेख छ ।

विज्ञापन

सेनाले विशिष्ट व्यक्तिका लागि गरेको भीभीआईपी उडानवापत मात्रै ५१ लाख ८३ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा उल्लेख छ ।

सेनाले आर्थिक वर्ष २०३४/०३५ देखि हालसम्म गरी ४१ वर्षसम्मको विमान चार्टर उडानको वक्यौता असुल गर्न सकेको छैन ।

जसमध्ये आर्थिक वर्ष २०३४/०३५ देखि २०७३/७४ सम्म विभिन्न निकायले सेनाका हेलिकप्टर तथा जहाज भाडामा प्रयोग गरेवापत मात्रै ३ करोड ७ लाख ५९ हजार बुझाएका छैनन् । यस्तै आर्थिक वर्ष २०४२/०४३ देखि २०७३/०७३ सम्म भीभीआईपी उडान वापतको ५१ लाख ८३ हजार रुपैयाँ सेनाले असुल गर्न सकेको छैन ।

महालेखा परीक्षकको ५६ औं प्रतिवेदन,

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार