होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र २८, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फास्ट ट्र्याक निर्माणमा १२ अर्ब ६४ करोड खर्च
समाचार

फास्ट ट्र्याक निर्माणमा १२ अर्ब ६४ करोड खर्च

  • नागरिक रैबार
फास्ट ट्र्याक निर्माणमा १२ अर्ब ६४ करोड खर्च

 


काठमाडौं– नेपाल सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–तराईं/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)मा हालसम्म १२ अर्ब ६४ करोड खर्च भएको छ ।

महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदनमा फास्ट ट्र्याक निर्माणका लागि हालसम्म १२ अर्ब ६४ करोड ६२ लाख खर्च भएको उल्लेख छ ।

विज्ञापन

सेनाले निर्माण जिम्मा पाएको फास्ट ट्रयाकमा अहिलेसम्म रुख कटान, माटो काट्ने तथा पुर्ने काम, जग्गा खरिद, क्याम्प निर्माण, सवारी साधन तथा निर्माण सामग्री खरिद र निर्माण उपकरण भाडामा लिन उक्त खर्च भएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

महालेखाका परीक्षकको प्रतिवेदनअनुसार फास्ट ट्र्याक निर्माण गर्न १६ हजार ५ सय १४ ओटा रुख कटानी गर्न ३ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ । यस्तै ६० लाख १७ हजार घनमिटरमा माटो काट्ने र ८ लाख ९ हजार घनमिटरमा माटो पुर्ने काममा ३ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ ।

फास्ट ट्र्याक निर्माणका लागि ८ हजार ९ सय ७२ रोपनी जग्गा खरिद गर्दा ३ अर्ब १० करोड ३५ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ११ वटा निर्माण क्याम्प बनाउनका लागि ७७ करोड १ लाख रुपैयाँ खर्च भएको छ ।

फास्ट ट्र्याक निर्माणका लागि आवश्यक पर्ने २ सय ९३ ओटा सवारी साधन र निर्माण उपकरण खरिदका लागि ९९ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । यस्तै विभिन्न प्रकारका साना र ठूला निर्माण उपकरणहरु २ लाख ५७ हजार २ सय ५५ घण्टाका लागि भाडामा लिएर काम गर्दा ८६ करोड ९६ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएको छ ।

फास्ट ट्र्याक निर्माणका लागि बोलपत्र प्रक्रियाबाट १३ अर्ब २६ करोड रुपैयाँको ठेक्का सम्झौता भएकोमा ३ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा औंल्याइएको छ ।

नेपाली सेनाले निर्माण जिम्मा पाएको फास्ट ट्र्याकबारे महालेखा परीक्षकको प्रतिवेदन,

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै