होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बस्ति सरदै कर्णाली करीडोर सड्कको छेउमा
बडीमालिका

बस्ति सरदै कर्णाली करीडोर सड्कको छेउमा

  • नागरिक रैबार
बस्ति सरदै कर्णाली करीडोर सड्कको छेउमा

कर्णाली करिडोर सञ्चालनमा आएपछि बाजुराको उत्तरी क्षेत्रका बासिन्दा सड्क छेउमा बसाई सर्न थालेका छन् । कर्णालीको किनार किनारै निर्माण भएको सड्कको बिभिन्न ठाँउमा माथि बाट तल सर्ने क्रम दिनप्रतिन बढदै गएका छन् ।
एकातिर सड्क सँगै बजार बने अर्कोतिर विकास तल भएपछि माथि बाट तल सरेको जगन्नाथ गाँउपालिका ५ बस्ने मनजलि बिष्टले वताएका छन् । जगन्नाथ गाँउपालिकाको पिलिचौरमा मात्र १ सय ५० भन्दा परिवार बसाई सरेर आएका छन् । पिलिचौरमा केहीले ब्यबसाह गरेका छन्, भने केहीले घर निर्माण गरेर बसाई शुरु गरेको जगन्नाथ गाँउपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् । पिलिचौरमा बुढिन्नदा नगरपालिका, हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाँउपालिका बासिन्दा बसाई सरेर आएका छन् । हिमाली गाँउपालिका ५ बाधुका मन सार्कीले भने गाँउमा खडेरीले उब्जनी हुदैन्, जहाँ भएर किनेर खानु पर्ने हुन्छ, त्यहि भन्दा त सड्क छेउमै आएर बसोवास शुरु गरेको वताए । उनि तिन घण्टा टाढा रहेको धुलाचौरमा बसाई सरेका छन् । उनि मात्र नभइ गाँउ अन्य पनि सड्कको छेउमा बसाई सरेका छन् । जगन्नाथ गाँउपालिकाको पिलिचौर, जुड्डि हिमाली गाँउपालिकाको बाधु, धुलाचौर, लेब्डी, कवाडी लगायतका स्थानमा माथि बाट बसाई सरेर बासिन्दा तल झरेका छन् ।
हिमाली गाँउपालिका ५ रुगिन बाट कवाडीमा बसाई सरेर आएका मनबिर बुडथापाले भने बसाई सर्नुको एउटै कारण सड्क यातायतको पहुँच पुग्नु रहेको उनले वताए । गाँउमा पनि किनेर खानुपर्छ त्यो भन्दा त तल आउनु नै बताए । अर्को गाँउमा पानिको समस्या रहेको छ, यहाँ त कर्णाली नदिको पानि भएपनि खान पाईने गरेको वताए ।

नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो । अहिले सम्म १ सय ७ किलोमिटरमा भइरहेको काम मध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको उप सेनानी शंकर सिलवाले वताएका छन् । बाजुराको धुलाचौर सम्म यातायात सञ्चालनमा आइसकेको छ । बाजुरा र हुम्लाको बिचमा रहेको कवाडी नदिमा पुल बनाउने काम भइरहेको त्यो पुल सम्पन्न हुनै बितिकै सड्क यातायातले हुम्ला छुने सेनाले रहेको छ ।
लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटता लगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । यस सडकको निर्माणमा २ अर्ब ८४ करोड ११ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।
चारैतिर उजाड देखिने ठाउँमा कर्णाली नदीको तीरैतीर निर्माण भइरहेको यो सडक भने रहरलाग्दो देखिन थालेको छ । विपन्नताले चौतर्फी निराशामा पारेको बाजुराको पूर्वोत्तरसहित कर्णाली क्षेत्रका बासिन्दालाई पछिल्लो समय यही सडकको निर्माणको गतिले आशा जगाएको छ । ‘यही सडकले हाम्रो जीवन फेर्ने आस छ,’ बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडीका मिलन बुढाले भने, ‘दैनिक उपभोग्य सामग्रीका लागि महिनौं हिँडेर भारी बोक्नुपर्ने बाध्यताबाट छुटकारा मिल्यो, अबको पुस्ताले सुख पाउनेछ ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार