होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पुष्कल शर्माको हिरो २ तीज गीत नक्कले बजारमा आउँदै
मनोरञ्जन

पुष्कल शर्माको हिरो २ तीज गीत नक्कले बजारमा आउँदै

  • नागरिक रैबार
पुष्कल शर्माको हिरो २ तीज गीत नक्कले बजारमा आउँदै

नेपाली लोक संगितका बहुचर्चित गायक÷नायक पुष्कल शर्माको यस वर्षको तीज गीत हिरो २ नक्कले बजारमा आउने भएको छ ।


शर्माले प्रत्येक वर्ष फरक खालका तीज गीत प्रंस्तुत गर्ने क्रममा यस वर्षको तीज गीत हिरो २ नक्कले असार २७ गते असारबाट बजारमा आउन लागेको हो ।
नेपाली नारीहरुको महान चाड तीज पर्वलाई लक्षित गरेर उक्त गीत बजारमा आउन लागेको गायक एवं नायक÷सर्जक शर्माले जानकारी दिएका छन् । नेपाली नारीहरुको मौलिक पहिचानलाई लक्षित गरेर बजारमा आउन लागेको हिरो २ नक्कले तीज गीत अलि फरक तरिकाले बजारमा आउन लागेको शर्माले बताएका छन् ।

विज्ञापन

गत वर्ष हिरो एल्बम नामक तीज गीतले नेपाली बजारमा सर्वाधिक चर्चा पाएको थियो । दोस्रो गीति एल्बम ‘ हिरो २’ नक्कले लाई असार २७ गते बजारमा ल्याउने तयारी भईरहेको गायक तथा नायक शर्माले जानकारी दिएका छन् ।
मन्दिर म्युजिक प्रालिबाट बजारमा आउन लागेको शर्माको हिरो २ नक्कले तीज गीतमा पुष्कल शर्माको साथमा चर्चित गायीका देवी घर्तीले साथ दिएकि छिन् । पुष्कल शर्माको लय शव्दमा बजारमा आउन लागेको उक्त गीतको शव्द तथा लय संयोजन गायक शर्माकै रहेको छ ।


चर्चित निर्देशक काजिस श्रेष्ठले निर्देशन गरेको उक्त गीतलाई अजय रेग्मीले छायांकन गरेका छन् भने गीतको भिडियो सम्पादन दीपक विष्टले गरेका छन् । गीतमा गायक÷नायक पुष्कल शर्मा र शारिका केशीको अभियय रहेको छ । गीत पुष्कल शर्माको आफ्नै युट्युव च्यानलबाट बजारमा आउने गायक  शर्माले जानकारी
दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार