होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र २८, २०८०
जोडिनुहोस
  • होमपेज
  • रोचक
  • दुनियाँकै ठूलो परौंठा : १५ मिनेटमा सिध्याउनेलाई गज्जबको पुरस्कार
रोचक

दुनियाँकै ठूलो परौंठा : १५ मिनेटमा सिध्याउनेलाई गज्जबको पुरस्कार

  • नागरिक रैबार
दुनियाँकै ठूलो परौंठा : १५ मिनेटमा सिध्याउनेलाई गज्जबको पुरस्कार

१८ वैशाख, हेटाैंडा

परौंठा निकै स्वादिलो कसलाई नहोला र ? खाजाघरमा गई परौंठा नखाने सायदै छौं होला । तपाईंले अनेक थरीका परौंठा खानुभएको छ होला । तर के विश्वकै ठूलो राजा परौंठा चाख्नुभएको छ ?

छिमेकी मुलुक भारतमा गई अब त्यो राजा परौंठा चाख्न पाइनेछ । भारतको हरियाणास्थित रोयल मुरथल ढावाले तयार पारेको उक्त राजा परौंठा खाँदा पैसा तिर्नु नै पर्दैन नै उल्टै पुरस्कार पनि पाइनेछ । तर निःशुल्क रुपमा परौंठा खाएर पुरस्कार पाउन केही शर्त भने मान्नु पर्दछ ।

विज्ञापन

ढावा मालिकका अनुसार यो परौंठा खाएर १५ मिनेटमा रित्याउने मानिसले पुरस्कार पाउनेछ । पुरस्कारको रुपमा एक लाख भारु नगद पुरस्कार पाउनेछ भने जीवनभर उक्त ढावामा गएर आफूलाई मन लागेको खानेकुरा निःशुल्क खान पाउनेछ ।

यो कुरा सुन्दा निकै सजिलो र रमाइलो लाग्न सक्दछ । तर, त्यति सजिलो छैन । परौंठा पूरै परिवारको पेट भर्ने आकारको छ । १५ वटा सामान्य आकारको परौंठा बराबर रहेको छ यो । यो परौंठा बनाउनका लागि २ किलो आटा, आधा किलो प्याज र आलु तथा घिउ प्रयोग गरिएको छ । यो परौंठाको व्यास नै करीब २४ इन्चको रहेको छ ।

त्यसैले होला अहिलेसम्म ढावामा गएर यो परौंठा १५ मिनेटमा खान कसैले सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै