होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • यति कमजोर र डरपोक सभामुख देखेकै थिइनँ: देउवा
राजनीति

यति कमजोर र डरपोक सभामुख देखेकै थिइनँ: देउवा

  • नागरिक रैबार
यति कमजोर र डरपोक सभामुख देखेकै थिइनँ: देउवा

१८ वैशाख, हेटाैंडा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति प्रश्न उठाएका छन्।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंसदीय भाषा बोले पनि सभामुखले रेकर्डबाट नहटाएको भन्दै देउवाले सभामुख कमजोर र डरपोक भएको बताए।

विज्ञापन

‘नेपालको संसदीय इतिहासमै यति कमजोर, डरपोक सभामुख देखेकै छैन,’ काठमाडौंमा बुधबार राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै देउवाले भने, ‘धेरै सभामुख देखेका छौं। तर यस्तो निरिह सभामुख देखेको थिइनँ।’

के भएको थियो संसदमा?

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका शब्दबारे हंगामा भएको थियो।

मंगलबार नीति तथा कार्यक्रममा छलफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएको प्रश्नको जवाफ दिएका थिए। जवाफमा सांसदहरूलाई स्पष्टिकरण राख्न सभामुखले एक मिनेटको समय दिएका थिए। जसमा सांसदहरुले प्रधानमन्त्रीमाथि प्रश्नको वर्षा गरेका थिए।

लगत्तै जवाफ दिन रोष्टममा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ प्रस्तुत गर्छु,’ भन्दै जवाफ दिन सुरू गरेका थिए। तर प्रधानमन्त्री बोल्न सुरू गरेलगत्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले नियमापत्ती गरे। उनले प्रधानमन्त्रीको भाषामा प्रश्न उठाए। उनले प्रधानमन्त्रीको शब्दमा नियमापत्ती जनाउँदै संसदीय भाषा नभएको तर्क गरे।

सांसद विश्वकर्माले २५ अर्बमाथिको ठेक्का प्रधानमन्त्रीले दिने भएपछि कति भ्रष्टाचार गर्नुहुन्छ? भनेर प्रश्न सोधेका थिए।

विश्वकर्माको नियमापत्तीलगत्तै सभामुख कृष्णबहादुर महराले ध्यानाकर्षण भएको बताएका थिए। तर कांग्रेस सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिए।

यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘माननीयहरू म धेरै बहसमा जान चाहन्नँ। प्रश्नको मर्यादा हुन्छ,’ भन्दै जवाफ दिए।

त्यतिञ्जेल कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा सिटबाट उठेका थिएनन्।

सभामुखले भने आफूले कांग्रेस सांसदको ध्यानाकर्षण सुनेको बताए।

‘ध्यानाकर्षण भएको बताइसकें। माननिय सदस्य बनस्नुस्,’ महराले भने। कांग्रेस सांसद मिनेन्द्र रिजालले रूलिङ माग गरे।

तर सभामुख महराले प्रधानमन्त्रीलाई बोल्न समय दिन आग्रह गरे।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार