होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मकवानपुर
  • शुन्य दरबन्दी भएका विद्यालयमा भर्ना अभियान पनि शुन्य
मकवानपुर

शुन्य दरबन्दी भएका विद्यालयमा भर्ना अभियान पनि शुन्य

  • नागरिक रैबार
शुन्य दरबन्दी भएका विद्यालयमा भर्ना अभियान पनि शुन्य

बैशाख २२, २०७६

देशैभरी भर्ना अभियान चलिरहेका बेला सल्यानमा भने भर्ना अभियान प्रभावकारी नभएको पाईएको छ । जिल्लामा शुन्य दरबन्दी भएका विद्यालयमा भर्ना अभियान प्रभावकारी नभएको पाईएको हो ।

निजि स्रोतका शिक्षकहरुले विद्यालय छोड्न थालेपछि भर्ना अभियान प्रभावित भएको छ । निजि स्रोतका शिक्षकहरुले तलव नपाएको भन्दै विद्यालय छोड्न थालेपछि पाठनपाठन समेत प्रभावित हुने देखिएको छ । निजि स्रोतका शिक्षकको भरमा निमावी, मावि कक्षा सञ्चालन गर्दै आइरहेका विद्यालयहरुले कक्षा पाँचसम्मको मात्र भर्ना लिदै आइरहेका छन् ।

विज्ञापन

स्थानीय सरकाबाट कुनै पनि सहयोग नहुँदा निजि स्रोतका सबै शिक्षकले जागिर छाडेको राधा आधारभुत विदालय भलाखर्क प्रधानाअध्यापक टोप बहादुर बुढाले बताउनु भयो । उहाले भन्नु भयो ‘निजि शिक्षकै भरमा माथिल्ला कक्षा सञ्चालन भएका थिए उनीहरुले छाडेपछि ती कक्षामा भर्ना गर्ने कि नगर्ने अन्योल छ ।’ तीन वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलव खुवान नसकेको उहाँको भनाई छ । उहाँले शिक्षकको तलव खुवाउन पाँच लाख बक्यौत रहेको समेत बताउनु भयो ।

स्थानीय अभिभावक र चन्दाबाट मात्रै विद्यालय सञ्चालन गर्न गाह्रो भएको भेरी निम्न माध्यमिकक विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताउनु भयो । वर्षौदेखि अभिभावकको सहयोग सञ्चालन हुदै आएको विद्यालयको कक्षा घटाउनु पर्ने बाध्यता भएको उहाँको भनाई छ । उहाले भन्नु भयो ‘स्थानीय सरकारले हाम्रो समस्या बुझ्ने।

शिक्षकलाई तलव खुवाउन नसकेर बक्यौतामा छौं।’ उधारोमा मात्रै कति दिन अर्कोको श्रमशोषण गर्ने, पैसा नदिँदा निजी स्रोतका शिक्षकहरुले पढाउन समेत आनाकानी गर्ने गरेको उहाँको भनाई छ ।

ज्याला नदिएर काम गराउदा आफूहरुलाई अप्ठेरो महसुस् हुने वलीले बताउनु भयो । बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले सामुदायिक विद्यालयको समस्याको समाधानका लागि छलफल भईरहेको बताउनु भयो ।
सल्यानमा एक सय ४१ विद्यालय शुन्य दरबन्दीबाट सञ्चालन हुदै आइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार