होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • प्रदेश १
  • रामेछापमा गुराँस पर्यटनको सम्भावना
प्रदेश १

रामेछापमा गुराँस पर्यटनको सम्भावना

  • नागरिक रैबार
रामेछापमा गुराँस पर्यटनको सम्भावना

२५ वैशाख, रामेछाप

नेपालको तेह्रथुम, ताप्लेजुङ र संंखुवासभाको सिमानमा पर्ने मिल्के–तीनजुरे– जलजले क्षेत्रलाई गुराँसको राजधानी मानिन्छ । सो क्षेत्रमा २८ भन्दा बढी प्रजातिका गुराँसका फूलहरु पाइने बताइन्छ ।

मिल्के क्षेत्रमात्र हैन नेपालका उच्च पहाडी भागहरुमा सिजनमा विभिन्न प्रजातिका गुराँसका फूलहरु ढकमक्क फुल्ने गर्दछन् । मिल्केकै जस्तो रामेछाप जिल्लाका उच्च पहाडी क्षेत्र पनि गुराँस पर्यटनको राम्रो सम्भावना बोकेका छन् ।

विज्ञापन

रामेछापको दोरम्बा गाउँपालिकाको सैलुङ क्षेत्र, सुनापतिको सुनापति डाँडो लगायतका भाग तथा गोकुल गंगा र र उपमाकुण्डको सिँगटी, सेर्दिङ, लाप्चाने लगायतका क्षेत्र पनि विभिन्न प्रजातिका गुराँसका फूलहरुले ढाकिएका छन् ।

सो क्षेत्रका वन अहिले विभिन्न रंगका गुराँसले रंगीन भएका छन् । यी क्षेत्रहरुमा गुराँस पर्यटन प्रवद्र्धन गर्न सके आन्तरिक तथा वह्य पर्यटकहरु समेत पर्याप्त तान्न सकिने सम्भावना रहेको छ ।

रामेछापका जंगलमा पनि २० भन्दा बढी प्रजातिका गुराँसका फूलहरु पाइने स्थानीय बताउँछन् । रामेछापको लाप्चाने, बासे, बाम्ती, सिँगटीलगायतको क्षेत्रको जंगलमा मात्र १८ थरीको भन्दा बढी गुराँस पाइने उमाकुण्ड गाउँपालिका प्रितीका मानबहादुर खत्री बताउँछन् ।

‘हाम्रो खाली आँखाले देख्ने मात्र पनि २० थरी भन्दा बढी रंगका गुराँसहरु यस भेगको जंगलमा पाइन्छ । यसबारेमा अझ अध्ययन हुने हो भने यो भन्दा बढी रंगको गुरास हाम्रो जंगलमा छ’, उनले भने ।

उता सैलुङ क्षेत्र गुराँसको भण्डार नै भएको रामेछापको दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान बनाउँदछन् । त्यहाँ पाइने गुराँसका जातको बारेमा अध्यन अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

दोरम्बाको सैलुङ तथा लाप्चाने, तामे बाम्ती तथा चुचुरे क्षेत्र गुराँसको लागि मात्र हैन प्राकृतिक मनोरम वातावरणको मज्जा लिन उपयुक्त छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार