होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ४७ स्थानमा उपनिर्वाचनको तयारी, मतदातामा नाम दर्ता गर्न आग्रह
राजनीति

४७ स्थानमा उपनिर्वाचनको तयारी, मतदातामा नाम दर्ता गर्न आग्रह

  • नागरिक रैबार
४७ स्थानमा उपनिर्वाचनको तयारी, मतदातामा नाम दर्ता गर्न आग्रह

काठमाडौं : निर्वाचन आयोगले विभिन्न कारणले रिक्त ४७ स्थानमा उपनिर्वाचनको तयारी गरेको छ। प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १ र वडाध्यक्ष ३८ पद रिक्त रहेको आयोगले जनाएको छ।
आयोग प्रवक्ता शंकरप्रसाद खरेलले बिहीबार प्रेस विज्ञप्तिमार्फत यसै वर्षभित्र उपनिर्वाचन गर्न आवश्यक तयारी गरिरहेको जनाएका छन्। ‘निर्वाचनमा भाग लिन मतदाता नामावलीमा नाम रहनु अनिवार्य छ’, विज्ञप्तिमा लेखिएको छ, ‘त्यसैले नाम दर्ता गराउन छुट भएका योग्य नागरिकले नागरिकताको प्रमाणपत्रसहित आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र मतदाता दर्ता कार्य सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयमध्ये पायक पर्ने कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउनु हुन जानकारी गराइन्छ।’

आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रममा यही वर्षभित्र उपनिर्वाचनका काम सम्पन्न गरिने उल्लेख छ। आयोगले संघ, प्रदेश र स्थानीय तहका लागि २०७४ मा निर्वाचन गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि