होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मान्छे चाहियो भन्दैमा जस्तालाई पनि पार्टीमा ल्याउने : योगेश भट्टराई
समाचार

मान्छे चाहियो भन्दैमा जस्तालाई पनि पार्टीमा ल्याउने : योगेश भट्टराई

  • नागरिक रैबार
मान्छे चाहियो भन्दैमा जस्तालाई पनि पार्टीमा ल्याउने : योगेश भट्टराई

काठमाडौं । मनाङ्गे डनलाई पार्टी प्रवेश गराएकोमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् । उनले राजनीतिक पार्टीलाई मान्छे चाहियो भन्दै आपराधिक, डन जस्तालाई पनि पार्टी प्रवेश गराउने भन्दै विरोध जनाएका हुन् ।

उनले ट्वीट मार्फत मान्छे ल्याउने भन्दैमा जस्तालाई पनि पार्टी प्रवेश गराउने काम गर्न नहुने बताएका छन् । ‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ? कस्ता–कस्ता ल्यायौ ? कस्ता–कस्ता ल्याउंदै छौ ?’ भट्टराईले ट्वीट लेखेका छन्, ‘परिणाम् के भैरहेको छ ?’

स्मरण रहोस् बिहिबार मात्रै दिपक मनाङ्गे नेकपा प्रवेश गरेका छन् । आपराधिक पृष्ठभूमिका मनाङ्गे प्रहरीको वान्डेण्ड सूचीमा समेत थिए । मनाङ्गबाट स्वतन्त्र सांसदका रुपमा प्रदेशसभामा निर्वाचित मनाङ्गेलाई निर्वाचनको बेला तत्कालिन नेकपा एमालेको सहयोग थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार