होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पाँच महिनादेखि बालक सम्पर्कविहीन
देश/प्रदेश

पाँच महिनादेखि बालक सम्पर्कविहीन

  • नागरिक रैबार
पाँच महिनादेखि बालक सम्पर्कविहीन

पछिल्लो समय यहाँ बालबालिका हराउने क्रम बढ्दै गएको छ । बालबालिका को, कहाँ, कहिले र कति सङ्ख्यामा हराउँछन् भन्ने यकिन तथ्याङ्क भने सजिलै पाउन सकिँदैन ।

यो क्रम गाउँभन्दा शहरमा बढी छ । गरीबी, अशिक्षा र अभावले शहर पस्ने बालबालिका विभिन्न घटनाको शिकार हुँदै गएका छन् । यही क्रममा तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँका १२ वर्षीय बालक सुरेश शाही पाँच महीनादेखि काठमाडौँ मण्डिकाटारबाट सम्पर्कविहीन छन् ।

उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुराको अत्तोपत्तो नहुँदा सुरेशका आमा राज्यलक्ष्मी शाही र बुबा गोरबहादुर शाही अहिले चिन्तित छन् ।

विज्ञापन

दुई वर्षअघि बूढानीलकण्ठ नगरपालिका–९ मण्डिकाटार काठमाडौँका बलराम विष्टले छोरा समान रेखदेख र पठनपाठन गर्ने भनेर सुरेशलाई लिएर गएको बुबा गोरबहादुरले बताए ।

तर ०७५ फागुन २३ गतेदेखि विष्टकै घरबाट उनी हराएका छन् । छोराको खोजी गरिदिन उनले सरोकारवाला सबैसँग आग्रह गरेका छन् ।

बाँसबारी मावि काठमाडौँमा अध्ययनरत उनी अहिलेसम्म नभेटिएकाले सम्पर्कविहीन भएकै दिनमा महानगरीय प्रहरी वृत्त काठमाडौँमा खोजतलासका लागि हुलियासहितको निवेदन दिएको घरधनी बलराम विष्टले जानकारी दिए । २०७३ साल चैत ७ गते आफूले पढाइ दिने भनेर बालक सुरेशलाई लगेको उनले बताए ।

उनले भने, ‘घरको जिम्मेवारी दिएर बसालेका थियौँ तर रु पाँच हजार र आफ्ना लुगा लिएर ऊ बाहिरिएको छ । कहाँ, कता र किन गयो भन्ने कारण बुझ्न सकिएको छैन ।’ बाल अधिकारका क्षेत्रमा कार्यरत प्रदीप श्रेष्ठसमेत बालक शाहीको खोजीमा अनवरत लागिपरेको उनको भनाइ छ ।

यता महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रवक्त एसएसपी श्यामलाल ज्ञवालीले बालकको खोजतलासका लागि प्रहरीको विभिन्न एकाइमा फोटो पठाइएको र खोजी कार्य जारी रहेको बताए ।

यसमा सम्बन्धित घरधनी बलराम विष्ट जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ थियो । बालक अपहरण नभई हराएकाले यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उनले आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि