होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • मिस इङ्ल्याण्ड बनेकी भारतीय डाक्टर, जो जागिरमा जान रेल पर्खँदै थिइन्
बलिउड/हलिउड

मिस इङ्ल्याण्ड बनेकी भारतीय डाक्टर, जो जागिरमा जान रेल पर्खँदै थिइन्

  • नागरिक रैबार
मिस इङ्ल्याण्ड बनेकी भारतीय डाक्टर, जो जागिरमा जान रेल पर्खँदै थिइन्

इङ्ल्याण्ड : पढाइ र रोजीरोटीको लागि विदेश गएको कुनै युवाले कतिसम्म सफलता हात पार्न सक्ला ?

यस्तै शिलशिलामा परिवारसँगै इङ्ल्याण्ड पुगेकी भारतीय मूलकी एक युवतीले यस वर्षको ‘मिस इङ्ल्याण्ड’को ताज पहिरिएकी छन् । भाषा मुखर्जी नाम गरेकी भाषा एक सामान्य परिवारको प्रतिनिधित्व गर्छिन् । उनका बावु दुर्गा सेफ हुन् ।

२३ वर्षीया भाषा भने पेशाले चिकित्सक हुन् । दुई विषयमा डिग्री गरेकी भाषाले यत्तिको उपलब्धि हासिल गर्न पाउँला भन्ने कहिल्यै नसोचेको प्रतिक्रिया दिएकी छन् । त्यसो त, मिस इङ्ल्याण्डको फाइनल नतिजा आउने दिनको बिहान ४ बजेसम्म पनि उनी अस्पतालमा नयाँ जागिरको लागि जान रेलस्टेशनमा रेल पर्खिरहेकी थिइन् ।

विज्ञापन

भारतमा जन्मिएकी भाषा इङ्ल्याण्डको दबैस्थित बावुसँग बस्दैआएकी छन् । मेडिकल विद्यार्थी भए पनि उनले पछिल्लो समय मोडलिङ पनि सिकेकी थिइन् । सयौं प्रतिष्पर्धीलाई पछि पार्दै मिस इङ्ल्याण्ड बनेकी भाषाबारे बिहीबारपछि थुप्रै पश्चिमा मिडियाले समाचार बनाउन थालेका छन् । भाषा मिस इङ्ल्याण्ड बन्ने पहिलो भारतीय मूलकी युवती हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार