होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • १३ औँ दक्षिण एसियाली खेलकुदमा बाजुराकी दुइ चेली भिड्दै
बाजुरा बिशेष

१३ औँ दक्षिण एसियाली खेलकुदमा बाजुराकी दुइ चेली भिड्दै

  • नागरिक रैबार
१३ औँ दक्षिण एसियाली खेलकुदमा बाजुराकी दुइ चेली भिड्दै

नागरिक रैबार/बाजुरा १६ मंसिर।  नेपालमा भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल बाट बाजुराकी दुई चेलीले भाग लिएकि छन् । बडिमालिका नगरपालिका ८ घर भएकि पुनम रावल र खप्तड छेडेदह गाँउपालिका २ कि रमा सिहंले दक्षिण एसियाली खेलकुदमा भाग लिएकि छन् ।

रमा र पुनम दुबै नेपाली सेनामा कार्यरत रहेकि छन् । पुनम रावल महिला ६४ केजी बक्सीङ्गमा प्रतिस्पर्धा गर्ने छन् भने रमा सिंह फेन्सीङ्ग खेलमा प्रतिस्पर्धा गर्ने भएकि छन् । दुबै जना पदक हात पार्ने दाँउमा छन् । पुनमले भनिन्, आफ्नै देशमा भएको छ, पदक लिएर छोड्ने वताईन् ।

बाजुरा घर भएकि यी दुबैले अन्र्तराष्ट्रिय स्तरमा खेल्न बिदेशमा खेलि सकेकि छन् । रमाले वल्ड च्यान्पेन्सिङ्ग जर्मन र सिपु वपोन च्यान्पेसिङ्ग थाइल्यान्डमा गएर खेलिसकेको वताईन् । बिदेश खेल्दा भन्दा स्वदेशमा निकै साहस बढने गरेको छ, पदक जित्छ, आत्माबिश्वास रहेको रमाले वताईन् । त्यस्तै पुनम रावलले भारत, चिन, थाइल्यान्ड, इन्डोनेसिया भेतनाम गएर खेलिसकेकी छन् । भारतमा खेल्दा उनि तेस्रो भएकि थिईन् । ५ बर्ष देखी नेपाली सेनामा कार्यरत पुनम र रमा अमल्दार पदमा कार्यरत रहेकी छन् ।

विज्ञापन

बाजुरामा सामान्य परिवारमा जन्मेकी यी दुबै जनाले अन्तराष्ट्रिय स्तरको सहभागिताले बाजुराका महिला केही गर्न सक्छन्, भन्ने देखाएको बुढिन्नदा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मिले वताईन् । अबसर नपाएर पनि धेरै महिलाहरु पछाडी परेका छन्, यिनिहरुले त नेपाली सेना मार्फत अबसर पाएकाले यहाँ पुगेको अझै यस्ता धेरै प्रतिभा लुकेर बसेको उनले वताईन् । यिनिहरुको सहभागिताले महिलाले केही गर्नु हुदैन्, भन्ने रुढीवादीको पनि चिरफार भएको छ, अबसर भए महिला केही गर्न सक्ने देखाएको रेग्मीले थपिन् ।

२०७१ साल असोज २२ गते बाजुराको सदरमुकाम मार्तडीमा भर्ना छनौटमा सफल भएकि दुबै जना देश भित्र खेल्दा त्रिभुवन आर्मी कल्ब बाट खेल्ने गरेका छन् । पुनमले भनिन्, आर्थिक अबस्था निकै कमजोर थियो, जब सेनामा भर्ना भए तब खेलमा प्रगति भएर देश बिदेशमा खेल्न पाएको वताईन् । खेलको चाहाना थियो, जब सेनामा भर्ना भए तब आफ्नो ईच्छा पुरा भएको रमा सिंहले वताएकि छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार