होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • काठमाडौँ क्यान्सर सेन्टरमा ब्य्राकिथेरापी सेवा सुरु
Uncategorized

काठमाडौँ क्यान्सर सेन्टरमा ब्य्राकिथेरापी सेवा सुरु

  • नागरिक रैबार
काठमाडौँ क्यान्सर सेन्टरमा ब्य्राकिथेरापी सेवा सुरु

वैशाख १९

भक्तपुरको ताथलीस्थित नालारोडमा रहेको काठमाडौँ क्यान्सर सेन्टरले हाई डोज रेट ब्राकिथेरापी सेवा सुरु गरेको छ ।

विभिन्न क्यान्सरहरूमा, विशेष गरी पाठेघरको मुखको क्यान्सरको उपचारमा अत्यन्त महत्त्वपूर्ण यो उपचार प्रविधि सुरु गरे पछि अब क्यान्सरका बिरामीले यस अस्पतालमा सहज उपचार पाउने भएका छन् ।

विज्ञापन

यो मेसिनको प्रयोगबाट पाठेघरको मुखको क्यान्सर, प्रोस्टेट, मुखको क्यान्सर, स्तन र खाने नलीको क्यान्सरलगायत अधिकांश क्यान्सरमा रेडियोथेरापी दिन सकिन्छ ।

आधुनिक ३- डी प्लानिङ सहितको उक्त विश्वस्तरिय प्रणाली क्यान्सरको उपचारमा निकै नै सुरक्षित र प्रभावकारी विधि मानिन्छ ।

शुल्कका हिसाबले पनि यो सेन्टरमा ब्य्राक्रिथेरापी शुल्क सरकारी अस्पतालहरूकै हाराहारीमा हुने कुरा अस्पताल प्रशासक सुदर्शन पौडेलले बताए ।

क्यान्सरको उपचारमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर तीन वर्षअघि भक्तपुरको नाला रोड, ताथलीमा काठमाडौँ क्यान्सर सेन्टरु सञ्चालनमा आएको हो । क्यान्सरको सम्पूर्ण उपचार उपलब्ध गराउने सोचका साथ सुरु भएको यो अस्पतालले नयाँ प्रविधि भित्र्याउँदै दक्ष जनशक्तिका साथ सेवा विस्तार गर्दै आएको छ ।

अत्याधुनिक लिन्याकबाट ३-डी रेडियोथेरापी, आई.यम.आर.टी तथा भि.म्याट रेडियोथेरापी नियमित रूपमा दैनिक ६० जना बिरामीले पाएका छन् ।

भारतमा समेत निकै कम अस्पतालमा उपलब्ध रहेको रक्त क्यान्सर र बोनम्यारो प्रत्यारोपणमा उपयोगी टोटल बडी इर्याडीकेशन र छालाको क्यान्सरमा टोटल स्किन इलेक्ट्रोन थेरापी नेपालमा काठमाडौँ क्यान्सर सेन्टरमा मात्रै उपलब्ध भएको अस्पताल प्रमुख डा सिमित सापकोटाले बताए ।

अस्पतालमा रेडियोथेरापीसँगै केमोथेरापी, प्यालिएटिभ केयर, रेडियोलोजी, फिजियोथेरापी, र फार्मेसी सेवा छन् र छिट्टै क्यान्सर सल्यक्रिया पनि सुरु हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार