होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र २८, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रहरी सक्रियता: दुईवटा बालविवाह रोकियो
देश/प्रदेश

प्रहरी सक्रियता: दुईवटा बालविवाह रोकियो

  • नागरिक रैबार
प्रहरी सक्रियता: दुईवटा बालविवाह रोकियो

दोलखा, बैशाख १६

दोलखा प्रहरीको सक्रियतामा बुधवार दुईवटा बालविवाह रोकिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–८ मलेपुमा १७ वर्षीय बालिकासँग २२ वर्षको एक युवकको विवाह हुन लागेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिंगटीबाट गएको प्रहरी टोलीले त्यसलाई रोकेको प्रहरी निरीक्षक सुन्जित तमाङले बताउनुभयो ।

लामिडाँडाको उक्त युवकसँग १७ वर्षीया बालिकाको विवाह रोकिएपछि बुधबार नै केटा पक्ष र केटीपक्षको सहमतिमा युवकको विवाह बालिकाको दिदीसँग गरिएको थियो ।

विज्ञापन

यसै गरी बुधबार नै मेलुङ गाउँपालिका–१ मा १५ वर्षको बालक र १६ वर्षको बालिकाबीच हुन लागेको विवाह पनि प्रहरीको सक्रियतामा रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले बताउनुभयो ।

मुलुकी अपराध संहिता ऐनको दफा १७३ मा २० वर्ष उमेर नपुगी विवाह गरेको उक्त विवाह स्वतः बदर हुने र कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्मको कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै