होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बारा — बाराका पत्रकार वीरेन्द्र साहको हत्या भएको १५ वर्ष पुग्न लाग्यो । पत्नी उमरामवतीले न्यायका लागि संघर्ष थालेको पनि उति समय भयो । तर, अहिलेसम्म उनले न्यायको महसुस गरेकी छैनन् बरु हत्यामा संलग्न माओवादी कार्यकर्तालाई राज्यका निकायले दिइरहेको एकपछि अर्को सहुलियतले उनलाई थप एक्लो र असहाय बनाएको छ । माओवादी शान्ति प्रक्रियामा आइसकेको अवस्थामा कार्यकर्ताहरू लालबहादुर चौधरी, […]
बझाङः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताएका छन्। बझाङ सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए। उनले पाँच दललाई बाख्राको संज्ञा दिए। ‘पाँचवटा बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन, ‘उनले भने, ‘उहाँहरु एमालेसँग चुनाव लड्न […]
काठमाडौंःसाउन २४। ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँसमेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए। यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन्। यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी […]
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरबाट बच्न तयारी अवस्थामा रहन सचेत गराउँदै पटकपटक विज्ञप्ति निकाल्दै आएको छ । कोरोना भाइरसको डेल्टा भेरिएन्टकै परिवर्तित रूप कप्पा भेरिएन्टसमेत पुष्टि भएकाले स्वास्थ्य मापदण्ड थप कडाइका साथ पालना गर्न निर्देशसमेत गरिरहेको छ । तर के कोरोना महामारीको तेस्रो लहर चाँडै आउँदै छ ? वा, दोस्रो लहरकै निरन्तरता हो ? कोभिड–१९ को […]
साउन ६ खोटाङ- खोटाङका स्थानीय किसान सिन्कौली (तेजपात) को खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँघरमा सुगन्धित मसलाका रूपमा प्रयोग हुने सिन्कौली (तेजपात) को पात तथा बोक्रा राम्रो मूल्यामा बिक्री हुने हुँदा किसान यो खेतीमा आकर्षित भएका हुन् । सिन्कौलीको बजारभाउबारे जाने-बुझेका किसानले हाल डिभिजन वन कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ एवं विभिन्न कृषि फार्मसँगको सहकार्यमा […]
काठमाडौँ– सरकारको एक तथ्याङ्कअनुसार हाल देशभरमा कक्षा ११ र कक्षा १२ पढाइ हुने सामुदायिक विद्यालयको संख्या ३ हजार २७४ छ । यो संख्या अर्थमन्त्रालयको आर्थिक सर्वेक्षण २०७८ मा उल्लेख गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाललका अनुसार २०७७ सालमा कक्षा ११ र कक्षा १२ सञ्चालन भएका सामुदायिक विद्यालयमा ४ […]
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार भएको छलफल भएको थियो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए । छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार […]
चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा भएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन यूवतीको कथामा चलचित्र बन्न लागेको जानकारी दिइयो । नारी प्रधान सस्पेन्स थ्रिलर कथामा बन्न लागेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रका प्रस्तुतकर्ता तथा लेखक मौनता श्रेष्ठ हुन् । रामशरण […]
७ साउन, जनकपुरधाम । दलित समुदायअन्तर्गत सबैभन्दा पिछडिएका डोम समुदायलाई मानिन्छ । यी समुदाय तराई/मधेशका जिल्लामा झुप्रो बनाएर बसोबास गरिरहेका छन् । दलितको नाममा करोडौं करोड बजेट विनियोजन भई खर्च भइरहेको छ । तर, डोम समुदायलाई यो बजेटले छुन सकेको छैन । सरकार त के स्थानीय जनप्रतिनिधिसम्मको नजरमा डोम पर्न सकिरहेका छैनन् । जसका कारण […]
बेलायतस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ। एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोना भाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि-सेलहरू बनाउन सकेको थियो। यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोना भाइरसको संक्रमणविरुद्ध सुरक्षा प्रदान गर्न […]
जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँमा कोरोना सङ्क्रमणको पुष्टि भएकाहरु खेलेआमरूपमा गाउँमा घुम्न थालेका छन् । गाउँमा उनीहरुलाई घुम्नबाट रोक्ने कोही सरकारी कर्मचारी तथा सुरक्षाकर्मी नभएका कारण उनीहरु घरको कामदेखि धान रोपाइँको काममा व्यस्त हुने गरेको पाइएको छ । भारतबाट रोजगारी गरी दुई हप्ता पहिले घर आएका उक्त वडाका १४ जनामा कोरोना सङ्क्रमण देखापरेको छ । […]
रकुम १ असार । बयान । प्रहरीले घटनाको सूत्रधार र प्रमुख योजनाकारको रुपमा ती किशोरीकी आमालाई अभियोग लगाएको छ । नवराज विश्वकर्मासहितको टोली देख्नासाथ उनले जातिय अपहेलना हुनेगरी गाली गरेको र आक्रमणको योजना बनाएको आरोपपत्रमा उल्लेख छ । प्रहरीको दाबीअनुसार, उनले सबै आरोप स्विकारेकी छन् । उनले बयानमा भनेकी छिन् : त्यो दिन नवराजलगायतका केटाहरु […]
काठमाडौँ — रुकुम घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग देशभर उठिरहेको छ । घटना भएको ११ दिन बितिसक्दा पनि सरकारले अनुसन्धानमा गम्भीरता नदेखाएको आवाज पनि आउन थालेका छन् । गृह मन्त्रालयले छानबिन समिति गठन गरे पनि त्यसबाट विश्वस्त हुन नसकिने कतिपय सांसदहरु बताइरहेका छन् । निष्पक्ष छानबिन गर्न सर्वदलीय संसदीय उच्चस्तरीय छानबिन समिति […]
सप्तरी राजविराज ८ जेठ । काठ तस्करले घेरा हालेपछि सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका १ स्थित महुली र अमसोत खोलामा वन गस्तीसँग भिडन्त भएको छ। लकडाउनको मौका छोपेर सप्तरीमा बढेको वन्यजन्तु शिकारी र काठ तस्करी रोक्न गएको वन गस्ती टोलीलाई तस्करले घेरा हालेपछि दुई राउण्ड हवाई फायर गरिएको डिभिजन वन कार्यालयका प्रमुख सन्तोष झाले बताए । झाका अनुसार […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताए ।
चैत १० कैलाली । कञ्चनपुरपछि कैलालीमा समेत अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण भित्रिन नदिनका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि आइतबारबाट कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।
काठमाडौं । नेपालकाे राजधानी काठमाण्डाैँमा कोरोनाको एकजना विरामी भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते फ्रान्सबाट फर्केका १९ वर्षीय एक युवतीमा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले गरेको आकस्मिक पत्रकार सम्मेलनमा संक्रमित नेपालीको जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए प्रवक्ता सापकोटाका अनुसार संक्रमित […]
रुकुम । रुकुम (पश्चिम)का अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । बर्खा लागेको पहिलो झरीमै जिल्लाका ग्रामीण सडक अवरुद्ध हुन थालेका हुन् । वातावरणीय प्रभाव अध्ययनै नगरी जथाभावी डोजर प्रयोग गरी बनाइएका सडक क्षेत्रमा पहिरो जान थालेको छ । वर्षाले कच्ची सडक भत्किएर हिलाम्मे छन्, कतिपय सडकलाई पहिरोले बगाएको छ । गाउँगाउँमा सडक पु¥याउने योजना […]