होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ ।खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाडलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई […]
नागरिक रैबार/बाजुरा २७ मंसिर।प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले जिल्ला अस्पताल बाजुराको नवनिर्मित भवनको स्थलगत निरिक्षण गरेका छन् । बुधबार विहान तथा प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति जोशीले जिल्ला अस्पताल बाजुराको नयाँ बन्दै गरेको ५० शैयाको अस्पताल भवनको स्थलगत निरिक्षण गरेका हुन् । बझाङ जिल्लाका प्रतिनिधि सभा सदस्य […]
आर्थिक वर्ष २०८०/०८१ सुरु भएको ५ महिना बित्नै लाग्यो । तर देशभरका ९ वटा पालिकाहरुले अझै बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसक्ने पालिकाहरुमा सबैभन्दा धेरै मधेस प्रदेशमा छन् । मधेसमा ८ वटा पालिकाहरुले बजेट ल्याउन सकेका छैनन् भने कोशी प्रदेशको एउटा पालिकाले अझै बजेट ल्याउन सकेको छैन । मधेसका ५ जिल्ला सप्तरी, सर्लाही, […]
काठमाडौँ । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ । सङ्घीयता […]
काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो । आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ । चुनावी […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। बाजुराको बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा दिवा खाजाको रुपमा हप्ताको एकदिन कोदोबाट बनेको परिकार खुवाउने भएको छ । बडीमालिकाको कृषि विकास शाखाको आयोजना र गिप्ट नेपालको सहयोगमा आज नगरपालिकामा गरिएको १ दिने अन्तरक्रिया गोष्ठीमा कोदोजन्य परिकारबाट बन्ने खाजा हप्ताको एक दिन विद्यालयका बालवालिकालाई खुवाईने बताइएको छ । नगरपालिकाले अन्तराष्ट्रिय […]
काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । दोषी ठहर हुनेमा चौरजहारी […]
नागरिक रैबार/बाजुरा १८ मंसिर।नेकपा एमाले बाजुराले आठौं जिल्ला अधिवेशनको मिति तय गरेको छ । माघ २६ देखि २८ गतेसम्म जिल्ला अधिवेशन गर्ने गरि मिति तय गरिएको पार्टी सचिव भरत थापाले बताएका छन् । नवौ जिल्ला कमिटीको पूर्ण बैठकले अधिवेशनको मिति र स्थान तय गरेको हो । पार्टी अध्यक्ष कालीबहादुर शाही प्रदेश कमिटी उपाध्यक्ष निर्वाचित पछि […]
काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले बताए । फैसला केन्द्रित सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस सुरु गरेका छन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट सरकारी […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बाजुरा आउने भएका छन् । नेपाली काँग्रेस बाजुराको आयोजनामा यहि मंसिर १९ गते सदरमुकाम मार्तडीमा हुने वृहत आम सभालाई सम्बोधन गर्न महामन्त्री शर्मा बाजुरा आउन लागेको पार्टीका जिल्ला सभापति रामसिंह रावलले बताएका छन् । नेपाली काँग्रेस बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन मार्फत बाजुरामा काँग्रेसले मंसिर १९ […]
प्रदेश सभाको चुनाव भएको एक वर्ष पूरा हुँदा समेत सुदूरपश्चिम प्रदेश सभाका समितिमा सभापतिको टुङ्गो लागेको छैन।प्रदेश सभा सचिवालयले असोज १२ गते सभापतिको टुङ्गो लगाउने कार्यतालिका सार्वजनिक गरेपनि प्रदेश सरकारको आग्रहमा सभापतिको छनोट रोकिएको थियो। त्यसपछि भने सरकारले समितिको सभापति बारे कुनै टुङ्गो नलगाउँदा मिनी संसदका रुपमा लिइने संसदीय समितिहरू नेतृत्वविहिन छन्। गत असोज १२ […]
धनगढी । नेकपा एमालेले बिहीबारदेखि थाल्ने झुलाघाट-चिवाभन्ज्याङ विशेष अभियानको तयारी पूरा भएको छ ।एमाले सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैतडीको झुलाघाटदेखि सुरु हुने विशेष अभियान भनिएको पदयात्राको तयारी पूरा भएको जनाएको हो । एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विशेष अभियानको सबै तयारी पूरा भएको जानकारी दिए । […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दुई नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । दुई नेताबिचको भेटवार्तामा के कुराकानी भयो भन्नेबारे खुलेको छैन ।अध्यक्ष ओली मंगलबार सुदूरपश्चिम जाँदैछन् भने प्रधानमन्त्री प्रचण्ड कोप सम्मेलनका लागि बुधबार दुबई […]
काठमाडौँ । आज बाँकेको नेपालगंजस्थित रुपैडिया–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याइँदै छ । नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो १ देखि २ बजेभित्र नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा.विनयकुमार कर्णले बताए । उनका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो । उनकाअनुसार उन्नत जातको नश्ल सुधारका […]
नागरिक रैबार/बाजुरा ४ मसिर। नेकपा एमाले बाजुराले अनेरास्ववियुका स्वर्गिय नेता चेतन अयडीको सम्झनामा आज दिउसो स्मृति सभा गर्ने भएको छ । स्वर्गिय नेता अयडीको सम्झनामा पार्टी कार्यालय मार्तडीमा आज स्मृति सभा गर्न लागिएको सचिव भरत थापाले बताएका छन् । गत वर्ष भएको संघ र प्रदेश सभाको निर्वाचनको दिन मंसिर ४ गते चेतन अयडीको सामुहीक आक्रमण […]
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले आगामी राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ । आगामी माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने भनिएको महाधिवेशनको स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन । सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मङ्सिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनौटका मापदण्ड सम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ । […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले […]
काठमाडौँ – नेपाली कांग्रेसले शुक्रबार पश्चिम नेपालमा गएको भूकम्प र सभाहलको प्राविधिक कारणले पार्टीको महासमिति बैठकको निर्धारित मिति दुई साता पछाडि सारेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महासमिति बैठक आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म गर्ने नयाँ मिति तय गरेको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसअघि […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संघीय सांसद ज्ञानेन्द्र शाही बाजुरामा आउने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बाजुराको आयोजनामा यहीँ कार्तिक १७ गते बुढीगंगा नगरपालिकाको फालासैनमा हुने गुनासो सकलन अभियान कार्यक्रममा सहभागी हुन् सांसद शाही बाजुरा आउन लागेका हुन् । बाजुराका जनतासंग प्रत्येक्ष भेटघाट र यहाँका […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । ‘दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ’, […]