होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा ३ जेठ । लिम्पियाधुरासहितको नक्सा प्रकाशित गर्ने, कोरोना महामारीविरुद्ध केन्द्रित हुने खालको नीति तथा कार्यक्रमका विषयहरु स्वागतयोग्य रहेको बताए । तर, त्यस्तै रावलले नीति तथा कार्यक्रमभित्र रहेको ‘अन्तरदेशीय आर्थिक क्षेत्र’बनाउने विषयमा पनि आशंका गरेका छन् । उनले भारतसँगको सहकार्यमा अतरदेशीय आर्थिक क्षेत्र बनाउने भन्ने विषयको अर्थ के हो स्पष्ट पार्नुपर्ने बताएका थिए […]
भरत केसी । विचार । महेन्द्र कपुरको एउटा हिन्दी गीत छ, ‘राम ना करे मेरे देशको कभी भी ऐसा नेता नामिले, जो आप ही डुबे, देश भी डुबे, जनताको भी ले डुबे… ।’ गायक यस गीतमार्फत भगवान् रामलाई पुकार गर्दै भन्छन्, ‘मेरो देशलाई यस्तो नेता नमिलोस्, जो आफैँ डुबोस्, देशलाई डुबाओस् र जनतालाई पनि डुबाओस् […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी समितिकाे बैठक बस्ने भएको छ । भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको सचिवालय समितिको बैठकमा […]
काठमाडौं ३० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने संसद बैठकमा बताएका छन् । कोरोना भाइरसको महामारी सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए । देश र जनता सुरक्षित नभई […]
सरिता तिवारी विचार । चार दिनको फेरमा पर्ने मजदुर दिवस (मे १) र मार्क्स जयन्ती (मे ५) कै हाराहारी सञ्चारमाध्यमहरूमा एउटा अप्रिय समाचार देखियो । यद्यपि यति बेला प्रिय समाचारको अपेक्षा ‘बेमौसमी’ कुरो हुन सक्ला, तथापि अप्रियमध्येको पनि सबैभन्दा खेदपूर्ण र निन्दनीय खबरले झोंक र अफसोसको ग्राफ कसरी बढाइदिन्छ, त्यसको संवेदनाबोध गर्ने कसैले पनि सजिलै […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताए ।
काठमाण्डाैँ । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकालि नदी साझा हो, पानी आधा–आधा हो !’ यो नेपालको संसदमा लगातार १० घण्टाभन्दा बढी घन्किएको नारा हो । २०४८ मंसिर १८–१९ गते (डिसेम्बर ४–५, १९९१) तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि […]
सन्ताेष अधिकारी विचार । बधाई छ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई ! अनि बधाई करिब करिब दुई तिहाइ बहुमतको सरकारलाई । बधाई किन ? किनभने महामारीले विश्व त्राहिमाम् भइरहेका बेला पार्टी र सरकार दुवैले जनताको ध्यान नै पूरै ‘डाइभर्ट’ गर्न सफल भएकोमा । अनि, यो महाव्याधिको चासो नभएजसरी सत्ता लुछाचुँडीको कुस्ती खेलेर जनतालाई मनोरञ्जन […]
काठमाडौँ — नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित ४ जनाविरुद्ध काठमाडौं प्रहरीमा अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता भएको छ । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा पूर्व आईजीपी खनालसहित सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नवीन बस्नेतविरुद्ध शुक्रबार अपहरण कसुरमा उजुरी दर्ता भएको हो । यसैगरी अपहरण आरोपित चारैजनाले […]
काठमाडौँ २५ बैशाख । पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गरेर अघि बढ्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको पुरानो समझदारीलाई ब्युँताउने सहमतिको बुझाइमै नेताहरूबीच तालमेल नभएपछि नेकपाको विवाद फेरि लम्बिएको छ । नेकपा सचिवालयको गत शनिबार बसेको बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने सहमति गर्दै बिहीबारका लागि स्थायी कमिटी बैठक डाक्ने निर्णय भएको थियो […]
काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको छ । ‘सचिवालयले पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त, समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने र […]
काठमाडौं ९ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो […]
पोखरा १८ वैशाख, । कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले बामदेव गौतमका लागि राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गर्न तयार रहेको बताएका छन् । उनले बामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खोल्नका लागि संविधान संशोधन गरिराख्न जरुरी नभएको बताएका छन् । सांसद अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीले नै सचिवालय […]
डा. जीवराज पाेखरेल । विचार । अहिले नेपाल दोहोरो बाण लागेको मृगजस्तै छट्पटाइरहेको छ। पहिलो बाण कोरोना भाइरसले हानेको छ भने दोस्रो काण प्रचण्ड बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी र यसका धनुरधारी प्रधानमन्त्री केपी ओलीले प्रहार गरेका छन्। चारैतिरबाट दबाब आएपछि विधेयक फिर्ता लिइएको छ तर यो शरीरमा गडेको काण निकाल्दा जति दुःख हुन्छ त्यस्तै […]
काठमाडौं । सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ । असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामबिहिन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा हुने सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय बैशाख १४ गते बसेको मन्त्रिरिषद्को बैठकले गरेको हो […]
-दी इकोनोमिस्ट यतिबेला सारा संसारको ध्यान कोभिड–१९ महामारीमा केन्द्रित छ। चीनले यहीबेला दक्षिण चीन सागरवरपरका विवादित क्षेत्रमा आफ्नो नियन्त्रण बढाएको छ। हङकङका केही लोकतन्त्रपक्षधर नेतालाई पक्राउ गरेको छ।र, त्यहाँको आधारभूत कानुनमा परिवर्तन गरेको छ। यी कामका लागि उसले यही क्षण रोज्नु संयोग मात्र पनि हुनसक्छ। र, यो संयोग नहुन पनि सक्छ। किनभने, अन्यत्र सबैठाउँका शासकले […]
हरि रोका विचार काठमाण्डाैँ १८ बैशाख । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकार यति बेला आन्तरिक राजनीतिक संकटबाट गुज्रिरहेको छ । झन्डै अढाई वर्षअघि ओलीले दोस्रो पारी (इनिङ) को सानदार यात्रा सुरु गरेका थिए । २०७२ मा भारतद्वारा लगाइएको नाकाबन्दीको समयमा घनघोर राष्ट्रवादी छवि बनाएका ओली एमाले-माओवादीको चुनावी गठबन्धनमार्फत पछिल्लोपटक सुदृढ बहुमतका साथ सत्तारूढ हुन पुगे । […]
काठमाडौँ — अध्यादेश विवादका कारण शक्ति संघर्ष चुलिइरहेका बेला असन्तुष्ट नेताहरूले नेकपा सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केही दिनको आन्तरिक कसरतपछि बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसहितका नेताहरूले राजीनामा मागेका हुन् । तस्बिर सौजन्य : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय प्रधानमन्त्री ओलीले भने आफ्नो […]
काठमाडौं ७ वैशाख। सांसदहरूले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । निर्वाचन क्षेत्रको योजना छनोटमा आफूहरूलाई सहभागी गराउनुपर्ने उनीहरूको भनाइ छ । प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिका बैठकहरूमा सांसदहरूले यो विषयलाई निरन्तर उठाउँदै आएका छन् । ठूला नेता र पहुँचवाला सांसदको क्षेत्रमा बढी बजेट जाने गरेको उनीहरूको गुनासो छ […]
विजय देवकाेटा । विचार । फ्रान्सका युजे पोत्तरले सन् १८७१ मे मा पेरिस कम्युन ढलेपछि सोही वर्षको जुन महिनामा कम्युनिष्ट अन्तर्राष्ट्रियगान लेखे। त्यसभित्रका दुई हरफ यस्ता छन् : बाँध्ने छैन परम्पराको साङ्लोले, जाग ए श्रमिक हो नयाँ जगमा पृथ्वी उठ्नेछ, संसार हाम्रो हुनेछ… यो गीत लेखिएको १४९ वर्ष गुज्रँदै गर्दा उनै युजेको जन्मदेश फ्रान्समा कम्युनिष्ट […]