होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२६ कात्तिक, काठमाडौं । पशुपति आर्यघाटको चिता नम्बर १ मा दुई साताअघि खोटाङकी चुनादेवी कटुवालको शव जलाइँदै थियो । मलामी गएका आफन्तहरु भावविह्वल थिए । शव जलेर सकिनै लाग्दा मृतकका आफन्त हेमराज कार्कीले शव जलाउने काममा खटिएका पशुपति क्षेत्र विकास कोषका कर्मचारीलाई नजिकै बोलाए र ६०५ रुपैयाँ दिए । पैसा लिनेबित्तिकै ती कर्मचारी निकै […]
२६ कात्तिक, काठमाडौं । युरोपमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले मंगलबारको तथ्यांकअनुसार पछिल्लो समय युरोपमा कोरोनाका संक्रमित तथा मृतकको संख्या बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तीन लाख नाघेको हो । युरोपका अधिकारीहरुले युरोपमा निरन्तर कोरोनाबाट मृत्यु हुने र संक्रमित हुनेको संख्या निरन्तर बढ्न […]
२६ कात्तिक, काठमाडौं । लगानी बोर्डले तीन वटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औं बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख, ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी जलविद्युत […]
राजेन्द्र बिक, बाजुरा कार्तिक २५ । बाजुराको बडिमालिका नगरपालिका वडा न.३ रजालीका कृषक राम वहादुर खड्काले जिल्लामै पहिलो पटक सिते च्याउ उत्पादन गर्नुभएको छ । कृषि विकास निर्देशनालय दिपायलको अनुदान तथा कृषि ज्ञान केन्द्र बाजुराको प्राविधिक सहयोगमा बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन गर्न खड्का सफल हुनुभएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारि मीन प्रसाद जैशिले […]
२५ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सुरु भएको चौंथो महिना चलिरहेको छ । तर, चार महिना सकिने समय बित्दासमेत अझै ३५ स्थानीय तहले बजेट ल्याएका छैनन् । कानून अनुसार १० असारभित्रै स्थानीय सरकारको बजेट आउनु पर्ने थियो । यसरी बजेट ल्याउन ढिलाइ गरेका ३५ स्थानीय सरकारसँग संघीय सरकारले स्पष्टीकरण सोधेको छ । संघीय […]
काठमाडौं । भक्तपुरबाट अर्थोडोन्टिस्ट डा.दिगम्बर झा बेपत्ता भएका छन् । डा. झा सुसाईड नोड लेखेर बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताईन् । उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् । बिहान ५ बजेतिर बा.१६च. ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा. झा […]
२५ कात्तिक, काठमाडौं । भारतीय सेनापति मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमण लगत्तै दुई देशबीचमा परराष्ट्र सचिव र त्यसलगत्तै परराष्ट्र मन्त्रीस्तरको बैठकको तयारी अगाडि बढाइएको छ । समाचार स्रोतका अनुसार भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने लगभग निश्चित भएको छ । यकिन मिति केही दिनमा नै सार्वजनिक हुने […]
२४ कात्तिक, पोखरा । ‘आम्मामा… कति मान्छे आको हो,’ रेवती आले दंग परिन् । मान्छे देख्नै मुश्किल पर्ने डाँडामा एक्कासी लागेको भीडले रेवती चकित थिइन् । ६५ वर्षीया उनले कात्तिक २२ गते शनिबार जति भीड यो डाँडामा कहिल्यै देखेकै थिइनन् । डाँडा हो, तनहुँको मानहुँकोट । ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोटमा शनिबार […]
२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसपटक साथ दिन नसक्ने संकेत दिएका छन् । असार तेस्रो साता पार्टीभित्रैबाट अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब खेपिरहेका बेला ओलीले पूर्वमाओवादी खेमा केही नेताको साथ पाएका थिए । स्थायी कमिटी बैठक […]
२२ कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यवसायीक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ सचिवालय सदस्य अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा सचिवालयका ५ नेताबीचको शुक्रबार बसेको अनौपचारिक बैठकले बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने र त्यसका लागि शनिबार उनलाई भेट्न जाने निर्णय गरेको थियो । नेताहरु पार्टी कार्यालय […]
२२ कात्तिक, काठमाडौं । अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो महसुस भएको छ । आज काठमाडौं उपत्यकामा यो वर्षको जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको छ । पोहोर साल यही […]
निमेन्द्र शाही बाजुरा, । २१ कात्तिक ‘आइन्दा हलिया बस्नुपर्दैन, ऋण सरकारले तिरिदिन्छ, घरजग्गा बनाउन पैसा दिन्छ भनेका थिए, यतिका वर्ष भयो, थाप्लाे ऋणले थिचिएकाे छ । विगतमा सुनेका ती आश्वासनले छाती पोल्छ । सुन्दा अनौठो लाग्ला, हामीलाई स्वयं सरकारले हलिया बस्नुपर्ने बाध्यतामा घँचेडेकाे छ’, बाजुराकाे बूढीनन्दा नगरपालिका- १ पीपलडालीका मनवीर लुहार मलिन सुनिए । मनवीर […]
२१ कात्तिक, सिमकोट (हुम्ला) । गत आइतबार रातिदेखि मौसममा फेरवदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटको तल्लो क्षेत्रमा असिना पानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको थियो । असिना पानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाममा चिसोको महशुस गर्न थालिएको छ भने यहाँको तापक्रम माइनसमा झरेको छ । […]
२१ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गएका छन् । उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइने नेपाली सेनाले जनाएको छ । उनी नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर बिहान आठ बजे सोलुखुम्बु पुगेका छन् । अगुष्टा भीभीआईपीका लागि नेपाली […]
सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने÷खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट रु ५६ हजार ६१० नगदका साथै नौ पाकेट तास बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा घरधनी वीरेन्द्रनगर–७ का निर्मला शाही, […]
काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज कुमार नरवणेले भद्रकालीस्थित सैनिक मुख्यालय जंगी अड्डामा आखरको बिरुवा रोपेका छन् । आफ्ना समकक्षी पुर्णचन्द्र थापाको निमन्त्रणमा तीन दिने भ्रमणको लागि नेपाल आएका सेनाध्यक्ष नरवणेले बिहीबार बिहान जंगी अड्डा पुगेर ओखरको बिरुवा रोपेका हुन् । जंगी अड्डामा नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । […]
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति वर्तमान सरकारको निष्ठा र नियतमाथि बेलाबेला प्रश्न उठ्ने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत र वर्तमानमा गणतन्त्र र सङ्घीयताविरुद्ध शृङ्खलाबद्ध रूपमा दिएको अभिव्यक्तिले यसबारे प्रश्न उब्जाएको देखिन्छ ।विगतमा ‘बयलगाडा चढेर अमेरिका जानु र नेपालमा गणतन्त्र आउनु उस्तै’ भनेर अभिव्यक्ति दिने प्रधानमन्त्री ओलीले केही दिनअघि मात्र उनले […]
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमणको क्रममा सोलुखुम्बु पनि जाने भएका छन् । शुक्रवार विहान उनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारीक कार्यक्रम तय गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । […]
नेकपाको पूर्वमाओवादी समूहबाट ६ जना प्रधानमन्त्री केपी ओली कित्तामा पुगेका छन् । त्यसमध्ये ४ जना नेताको पृष्ठभूमि जे छ त्यसले ओली कति चलाखीसहित चलखेल गर्न सक्दा रहेछन् भन्ने तथ्य देखाईदिन्छ । प्रधानमन्त्री ओलीले पूर्वमाओवादीभित्रको असन्तुष्टि र पूर्वसमूहलाई मसिनो गरी केलाएको देखिन्छ । केस्राकेस्रा केलाएका ओलीले पूर्वमाओवादीभित्रको पुरानो समूह जो जहिल्यै किनाराकृत हुन्थ्यो, त्यो समूहका नेतालाई […]