होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । आज बिहान उनी त्रिभुवन विमानस्थलबाट चीन प्रस्थान गरेका हुन् । उनी प्रधानमन्त्री भएपछिको यो दोस्रो चीन भ्रमण हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा गएका प्रधानमन्त्री ओली १८ गते बुधबारसम्म चीनमा रहेछन् । त्यहाँ उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग […]
निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। २०७९ मंसिरमा भएको प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए। चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो। सर्वोच्चले गण्डकी […]
नागरिक रैबार-बुढीगंगा नदिमा माछा मार्न गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको पाईएको छ । बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवबहादुर चौधरीले बताएका छन् । उहाँका अनुसार माछा मार्न गएका महत भिरबाट लडेर बुढिगंगा नदिमा खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको […]
काठमाडौं । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । सरकारको निर्णय अनुसार बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेका ४ वटा स्थानीय […]
नागरिक रैबार/बाजुरा ९ भदौ । बाजुराको बडीमलिका नगरपालिका वडा नम्वर ९ कि २७ वर्षिया मृगौला पीडित रमिला कुमारी विकको उपचारका लागि ३० हजार बढी आर्थिक रकम संकलन भएको छ । विगत २ वर्षदेखि काठमाण्डौंको विर अस्पतालमा उपचारारत रहेकी मृगौैला पीडित रमिलाको उपचारका लागि ३० हजार ५८ रूपैयाँ संकलन भएको हो । एक हप्ता देखि विर […]
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको […]
बाजुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार बाजुराको बुढीगंगा नगरपालिका सुदुरपश्चिम प्रदेशमै दोस्रो र बाजुरामा पहिलाे बनेको छ । कैलालीको घोडाघोडी नगरपालिकापछि बाजुराको बुढीगंगा दोस्रो स्थानमा आएको हो । घोडाघोडी नगरपालिकाले ८५ दशमलव ५० अंक ल्याएको छ भने बुढीगंगाले ८४ दशमलव २५ अंक ल्याएको हो । बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकाले […]
नागरिक रैबार/बाजुरा ७ भदाै । साउन २८ गते कवाडी खोलामा आएको बाढीबाट प्रभावित हिमाली गाउँपालिका वडा नं. ५ का ४७ घरपरिवारलाई आईएनएफ नेपाल बाजुराले राहत सामग्री वितरण गरेको छ। बाढीबाट प्रभावित परिवारलाई राहत स्वरूप चामल, बोरा, दाल, तेल, नुन र त्रिपाललगायतका आवश्यक सामग्री बितरण गरेकाे हाे। आईएनएफ नेपालले प्रभावित परिवार मध्ये ३१ वटा आंशिक क्षति […]
काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र […]
नागरिक रैबार/बाजुरा ६ भदौ। सदरमुकाम मार्तडीस्थित क्रियटर जोन एकेडेमीका विद्यार्थीहरुले मालिका मन्दिर र बजार एरिया सरसफाई गरेका छन् । क्रियटर जोन एकेडेमीका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले शुक्रवासरीय कार्यक्रम अन्तरगत मालिका मन्दिर र बजार क्षेत्रमा सरसफाइ गरेका हुन् । वर्षायामको समयमा फोहरका कारण विभिन्न रोगहरु फैलिन सक्ने भन्दै बजारभित्र थुप्रिएको फोहर र मालिका मन्दिर […]
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज […]
काठमाडौँ। गृह मन्त्रालयले बाजुरासहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । बुधबार सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको हो। जस अनुसार बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याकाे गृह मन्त्रालयमा सरूवा भएकाे छ । भने, उनकाे […]
Tata box 1 निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ। दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए। उनका अनुसार नेपालको संविधानको धारा २७१ […]
काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ बर्कुमा आज साँझ भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा गाउँपालिका–१ बर्कुका ३८ वर्षीय पदम बुढा रहेका छन्। गाउँपालिका–३ जुकुका लोकेन्द्र रोकाया गम्भीर घाइते भएका छन्। घाइतेको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका […]
नागरिक रैबार/बाजुरा २८ साउन। उपचारका क्रममा नेपाली सेनाका हवल्दार कृष्णप्रसाद जोशीको मृत्यु भएको छ। बाजुराको बडीमालिका नगरपालिका–७ स्थायी घर भएका ३८ वर्षीय जोशीको उपचारकाे क्रममा काठमाण्डाैंको शिक्षण अस्पतालमा मृत्यु भएको हो । नेपाली सेनामा २० वर्षदेखि सेवा गरिरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रिएपछि ९ दिनदेखि नेपाली सेनाको छाउनी अस्पतालमा उपचारारत रहेका थिए । मृतक हवल्दार जोशी […]
बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकाले स्थापना भएको सात वर्षपछि पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत पाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देबराज चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाएपछि गाउँपालिकाले स्थायी हाकिम पाएको हो। यसअघि छोटो अवधिका लागि अधिकृत आए पनि दीर्घकालीन व्यवस्थापन नहुँदा गाउँपालिकाले निमित्तको भरमा काम गर्नुपरेको थियो। स्वास्थ्य संयोजक पारस बहादुर शाहीसहित […]
अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदै छ । हरेक वर्ष अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्साउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस वर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस २०२५को ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने नाराका साथ मनाइँदै […]
रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिँदै उनको रिहाइको माग अस्वीकार गरेको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत पेस गरी तारेखमा रहँदै मुद्दा लड्न अनुमति पाउन निवेदन दिएका […]
नागरिक रैबार/बाजुरा २४ साउन । बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दाको दर्शन गरेर फर्किने क्रममा हराएका खिमराज उपाध्याय सम्पर्कमा आएका छन् । बडीमालिका नगरपालिका ९ उखाडी स्थायी घर भएका ५५ वर्षका उपाध्याय हिजो शुक्रबार दिउसो चरिदह भन्ने स्थानबाट हराएका थिए । निरन्तरको खोजी पश्चात बुढीनन्दाकै पाटनको भेडीगोठमा सकुसल भेटिएको उनका छोरा हिमालराज उपाध्यायले बताएका छन् […]