होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १२ असोज।नेकपा एमाले जिल्ला कमिटी बाजुराको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारबाट मार्तडीमा सूरु भएको छ । नेकपा एमाले केन्द्रिय कमिटी उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आजबाट सूरु मार्तडीमा सूरु भएको हो । नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा संचालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको […]
काठमाडौं– दशैंका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको हो । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएकाहरुलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरिएको हो । घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट […]
नागरिक रैबार। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण गरिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,भारतीय राजदुताबास र स्वामीकार्तिक खापर गाउँपालिकाविच आज उक्त भवन निर्माणका लागि त्रिपक्षीय सम्झाैता गरिएको छ । ५ करोड लागतमा बन्ने उक्त भवन डेढ वर्षभित्र निर्माण गर्ने गरि त्रिपक्षीय […]
नागरिक रैबार/बाजुरा ११ असोज।नेपाल निजामति कर्मचारी संगठन बडीमालिका नगर इकाई कमिटीको अध्यक्षमा कृष्ण बहादुर खड्का रहनेगरी नयाँ नगर ईकाइ कमिटी गठन गरिएको छ । शुक्रबार नेपाल निजामति कर्मचारी संगठन नगर इकाई कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमबाट नगर इकाई कमिटी समेत गठन गरिएको हो । बडीमालिकामा २०७८ साल पौष २७ गते प्रमिला थापाको अध्यक्षतामा गठन गरिएको […]
नागरिक रैबार/बाजुरा ११ असोज। आर्थिक वर्ष २०८०/८१ को जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बाजुराकोे आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमका विच जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । जिल्लाका ९ वटै स्थानीय तह, प्रदेश अन्तरगतका कार्यालय […]
नागरिक रैबार/ बाजुरा ११ असाेज। राष्ट्रपति रामचन्द्र पाैडेल नाटेश्वरी मन्दिर उद्घाटनका लागि बाजुरा आउने भएका छन् । बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल जगतजननी बडिमालिका माता को दर्शन सहित नाटेश्वरी मन्दिरको समुद्घाटन गर्नको लागि राष्ट्रपति पाैडेल असाेज २१ गते बाजुरा आउन लाग्नु भएको हाे। बाजुराकाे धार्मिक स्थल बडिमालिकाकाे दर्शन संगै जिल्लाकाे त्रिबेणि नगरपालिका वडा नम्बर ७ […]
नागरिक रैबार/बाजुरा ११ असाेज । नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवाली बाजुरा आउने भएका छन् । नेकपा एमाले बाजुराको भाेलिदेखि संचालन हुने प्रशिक्षण कार्यक्रमका लागि उपमहासचिव ज्ञवाली बाजुरा आउन लागेकाे पार्टीका प्रचार विभाग प्रमुख राजन राेकायाले बताएका छन् । उपमहासचिव ज्ञवाली आज साँझ मार्तडी आईपुग्नेछन् । असाेज १२ देखि १४ सम्म संचालन हुने पार्टीको प्रशिक्षण […]
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन्। महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेन र प्रथम महिला जिल वाइडेनले न्युयोर्कमा स्वागत समारोह गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन्।
काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। ४५ औं पर्यटन दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै पर्यटन मन्त्री पाण्डले हाम्रो संस्कृति,प्रकृति,सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आवद्ध गर्दै नेपालाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताएका हुन्। ‘हाम्रो संस्कृति, […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ, भने केही स्थानमा घनघोर वर्षा भइरहेको छ […]
काठमाडौँ । १६ महिनादेखि सार्वजनिक यातायातको भाडादर वैज्ञानिक प्रणालीअनुसार समायोजन हुन सकेको छैन । पछिल्लो पटक सरकारले २०८० जेठ २ गते सार्वजनिक यातायातको भाडादर समायोजन गरेको थियो । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मुख्य आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुनुपर्छ । यसो भएमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले वडा नम्बर ४ का असिनापानीबाट प्रभावित घरपरिवारलाई राहत बितरण गरेको छ । २०८१ बैशाख २५ गते आएको अबरिल वर्षा संगैको असिना पानीले सो वडाको घोडाकोटका स्थानीयको गहुँ,जौ,घर तथा फलफुल बालीमा क्षति पुर्याएको थियो । असिनापानीबाट प्रभावित बनेका घरपरिवारलाई एक औपचारिक कार्यक्रमका बिच राहत बितरण गरिएको हो। असिना पानीबाट प्रभावित स्थानीय […]
नागरिक रैबार। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले “आमा पहिलो कार्यक्रम” लागु गरेको छ । जिल्लामै सबैभन्दा बढी कुपोषण भएको पालिकाको रुपमा चिनिने उक्त पालिकाले आमाको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्येनजर गरि पहिलो पटक आमा पहिलो कार्यक्रम लागु गरेको हो । विकट तथा पिछडिएको पालिकाको रुपमा रहेको स्वामीकार्तिक गाउँपालिकाले पहिलो चरणमा यहाँका १०७ वटा आमा समूहहरू मध्ये […]
काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विभागको बिहिबारको प्रक्षेपणअनुसार बिहिबारदेखि १३ गते आइतबारसम्म ४ दिन भारी वर्षा हुने भएपछि भोलि र पर्सि रात्रीकालिन बस नचलाउन आग्रह गरेको हो । त्यस्तै प्राधिकरणले सो समयमा धान नकाट्न, काटिसकेको भए तत्काल थन्काउन, […]
नागरिक रैबार/बाजुरा ९ असोज।अनेरास्ववियुका नेता स्वग्रीय चेतनदीप अयडीको हत्याका अभियुक्तलाई साधारण तारिखमा जाड्न आदेश दिने न्यायाधिस प्रकाशमानसिंह रावत र अव्दुल अजिज मुसलनका विरुद्ध जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत संसदीय सुनुवाइ समितिलाई उजुरी गरिएको छ । चेतनको हत्यामा संलग्न भएको प्रमाण हुँदा हुँदै न्यायाधिस रावत र मुसलनले तत्य प्रमाणलाई अनदेखा गरी इजलासमा निष्पक्षताका लागि गरिनुपर्ने व्यवहार […]
नागरिक रैबार। बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीगंगा नगरपालिका-४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् । उनको हिजो राति साढे ११ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर कटुवालले बताएका छन् । यस्तै मंगलबार राति चट्याङ लागेर गाैमुल गाउँपालिका-४ कि साउनी राेकाया घाइते भएकी छन् भने […]
नागरिक रैबार। जिल्ला प्रशासन कार्यालय बाजुराले आजबाट राष्ट्रिय परिचय पत्रको सेवा बन्द गरेको छ । बुधबार एक सार्वजनि सूचना जारी गर्दै प्रशासनले राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको आईरिस उपकरण बिग्रेपछि सेवा केहि दिनका लागि सेवा बन्द गरेको हो । राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनमा रहेको आइरिस उपकरण बिग्रिएको र उपकरण जिल्लाभित्र मर्मत गर्न सम्भव नभएपछि सेवा बन्द […]
नागरिक रैबार/बाजुरा ९ असाेज । बाजुराकाे गाैमुल गाउँपालिकामा चट्याङ लागेर एक महिला घाईते भएकि छन् । मंगलबार राति १२ बजेतिर चट्याङ लागेर साेहि गाउँपालिकाकाे वडा नं. ४ काैडाकाेट टाेलकी साउनी राेकाया घाईते भएकाे वडा अध्यक्ष अमर विकले बताएका छन् । वडा अध्यक्ष विकका अनुसार चट्याङले गर्दा घाईते भएकि साउनी राेकायाकै ४ वटा बाख्रा मरेका छन […]
नागरिक रैबार। बाजुरा र अछाम जिल्लामा विद्युत सेवा अवरुद्ध भएकाे छ । मगलबार राति देखि राष्ट्रिय प्रशारण लाइन अन्तरगतकाे बिधुत सेवा अवराेध भएकाे हाे । दिपायल- साफेबगर ३३ के.भि लाईनमा समस्या आएकाेले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ । दिपायल- साफेबगर ३३ के.भि लाईनमा गएराति बाट […]
नागरिक रैबार। नेकपा माओवादी केन्द्र बाजुराको इन्चार्जमा कर्णबहादुर विक (केशव) लाई जिम्मेवारी दिइएको छ । नेकपा माओवादी केन्द्रले बाजुरासहित सुदूरपश्चिमका ९ वटै जिल्लामा इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। असोज ६ गते एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको हो। सुदूरपश्चिमका ९ मध्ये ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् भने बैतडी, बाजुरा र कञ्चनपुरमा भने पुरानै […]